‘झुम्के बुलाकी’ मा विक्रमसँग विभिया (भिडियो) « Khabarhub

‘झुम्के बुलाकी’ मा विक्रमसँग विभिया (भिडियो)


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘हेल्लो जिन्दगी’ मा समावेश नयाँ गीत सार्वजनिक गरिएको छ ।

आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्ममा समावेश ‘झुम्के बुलाकी’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ भने गायक सिवाकोटीको शब्द तथा संगीत छ ।

बेलायतमा छायांकन भएको गीतको भिडियोमा फिल्मका नायक विक्रम डि जोशी र मोडल विभिया श्रेष्ठका साथै विदेशी कलाकारहरूको अभिनय छ ।

गीतलाई ‘रामलीला’, ‘दबंग २’, ‘एक्सन ज्याक्सन’, ‘बडिगार्ड’ जस्ता फिल्मका गीतमा कोरियोग्राफी गरिसकेका बलिउडका विष्णु देवाले कोरियोग्राफी गरेका छन् ।

उनले ‘हेल्लो जिन्दगी’को सम्पूर्ण गीतमा कोरियोग्राफी गरेका हुन् । उनको कोरियोग्राफी र सम्पादन रहेको फिल्मको नयाँ गीत ‘झुम्के बुलाकी’ लाई अरुणप्रसाद अल्बर्टले छायांकन गरेका छन् ।

बेलायत र नेपालमा छायांकन भएको यो फिल्मलाई एभरेष्ट सूर्य बोहराले निर्माण तथा निर्देशन गरेका हुन् । निर्देशक बोहराकै लेखन रहेको फिल्ममा विक्रमसँगै दीपिका प्रसाईं, प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्तलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

नायक समेत रहेका विक्रम डि जोशी फिल्मको निर्माता छन् भने हिराल जोशीले निर्माणमा साथ दिएकी छन् । त्यस्तै, कार्यकारी निर्मातामा सृजना जोशी महर्जन र सह-निर्मात्रीमा सविता गुरुङ छिन् ।

फिल्मको कथा लेखनमा निर्देशक बोहरालाई विक्रमले सघाएका छन् । पटकथा तथा संवाद भने बोहरा र अभिमन्यु निरवीले लेखेका हुन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ११ : ३४ बजे

प्रदेश खारेज गरी हिन्दु अधिराज्य स्थापना गर्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा संसदीय दलका

संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक

चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा चर्चित जंगली

संविधान दिवसमा रविले भने- ‘अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा

सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको गरी