भारतमा १२ वर्ष मुनिका बालबालिकाका लागि दुई घरेलु कोभिड खोपलाई स्वीकृति « Khabarhub

भारतमा १२ वर्ष मुनिका बालबालिकाका लागि दुई घरेलु कोभिड खोपलाई स्वीकृति


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतले १२ वर्ष मुनिका बच्चाहरुका लागि दुई घरेलु खोपलाई स्वीकृत दिएको छ ।

कोभिड संक्रमण फेरि बढ्न थालिरहेका बेला सरकारले भारत बायोटेकले बनाएको कोभ्याक्सिनलाई ६–१२ उमेर समूहका लागि आपतकालीन प्रयोगको अनुमति दिएको स्वास्थ्यमन्त्री मनसुख मण्डावियाले जानाकारी दिए ।

यो खोप यसअघि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका र वयस्कहरूलाई लगाइएको थियो ।

त्यस्तै, दुई अन्य खोपहरूलाई पनि आपतकालीन स्वीकृति दिइएको छ । ५ देखि १२ वर्षका बालबालिकाका लागि कोर्बेभ्याक्स र १२ वर्षभन्दा माथिका बालबालिकाका लागि जाइडसको को दुई–डोजलाई सरकारले स्वीकृत दिएको हो ।

कोर्बेभ्याक्स हाल १२ देखि १४ उमेर समूहका बालबालिकालाई पनि लगाइँदैछ । सन् २०२१ को जनवरीमा कोभिड खोप सुरुगरेपछि भारतमा संक्रमितहरूलाई अहिलेसम्म १.८७ अर्ब डोज खोप लगाइएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ८ : ४५ बजे

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।

चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगित

म्याग्दी– चिसो र प्रतिकुल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा