मोबाइल, मोटरसाइकल र मदिरालगायत १० प्रकारका सामान नेपाल भित्र्याउन रोक (सूचीसहित) « Khabarhub

मोबाइल, मोटरसाइकल र मदिरालगायत १० प्रकारका सामान नेपाल भित्र्याउन रोक (सूचीसहित)


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।

मन्त्रालयका अनुसार रोक लगाइएका सामानहरुमा मोबाइल सेटदेखि जिप, कार र भ्यानहरु र २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकलसमेत छन् ।

त्यस्तै ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन,सबै प्रकारका खेलौनाहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, कुरकुरे, कुरमुरे, लेज र खेल्ने तास आयातमा रोक लगाइएको छ।

तर एम्बुलेन्स र शववाहन प्रयोजनका लागि गाडी ल्याउन प्रतिबन्धन लागू नहुने मन्त्रालयले जनाएको छ । यस्तै हिराको औद्योगिक कच्चा पदार्थ ल्याउन भने छुट दिइएको छ ।

सरकारले आगामी असार मसान्तसम्मका लागि उक्त १० वस्तु आयातमा रोक लगाएको जनाएको छ ।

हेर्नुहोस् आयातमा रोक लगाइएका सामान के-के हुन् ?

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ९ : ३४ बजे

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।

चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगित

म्याग्दी– चिसो र प्रतिकुल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा