रेगुलर भन्दा फरक ‘षट्कोण’ « Khabarhub

रेगुलर भन्दा फरक ‘षट्कोण’


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ–निर्देशक मिलन डि काप्रिले ‘षट्कोण’ साइकोलोजिकल थ्रिलर फिल्म रहेको बताएका छन् ।

 उनले पत्रकार सम्मेलनमा आफू सहितको टिमले रेगुलर भन्दा केही फरक फिल्म बनाउने प्रयास गरेको बताए। ‘फिल्ममा हिरो हिरोइनको फाइट र नाचगान छैन्, तर कथा सुहाउँदो गीत चाँहि राखेको छु । कथा अनुसार फिल्मलाई तयार गर्ने कोसिस गरेको छु’ निर्देशक मिलनले भने। 

आयोजित पत्रकार भेटघाट कार्यक्रममा कार्म, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, निर्देशक मिलन डि काप्रि र निर्माता तथा अभिनेता विराज कडरिया लगायतको उपस्थिति थियो । कुराकानीकै क्रममा अभिनेता कार्मले आफूले गर्न चाहेको फिल्म यस्तै रहेको बताए।

‘मैले गर्ने फिल्म केही फरक होस् भन्ने लाग्छ । कार्मले आफ्नो नामको अर्थ स्टार अर्थात् तारा भएपनि म तारा बन्नको लागि नभई कलाकारिता गर्न फिल्ममा आएको हु । स्टार भनेको चम्किरहने हो । मैले नाम त रोजेँ त्यो बेग्लै कुरा हो । मलाई कलाकारिता गर्नु छ विशुद्ध भुईँमा बसेर । तर, स्टार बन्ने मेरो इच्छा छैन’ कार्मले भने । 

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म यही बैशाख २३ गतेदेखि रिलिज हुनेछ । 

शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् । यसमा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रीको सम्पादन रहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १२ : २२ बजे

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत अवस्थामा भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः

बुद्धको अस्थिधातु दर्शनका लागि खुला

काठमाडौं– ललितपुरको पुल्चोकस्थीत अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका