रेगुलर भन्दा फरक ‘षट्कोण’ « Khabarhub

रेगुलर भन्दा फरक ‘षट्कोण’


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ–निर्देशक मिलन डि काप्रिले ‘षट्कोण’ साइकोलोजिकल थ्रिलर फिल्म रहेको बताएका छन् ।

 उनले पत्रकार सम्मेलनमा आफू सहितको टिमले रेगुलर भन्दा केही फरक फिल्म बनाउने प्रयास गरेको बताए। ‘फिल्ममा हिरो हिरोइनको फाइट र नाचगान छैन्, तर कथा सुहाउँदो गीत चाँहि राखेको छु । कथा अनुसार फिल्मलाई तयार गर्ने कोसिस गरेको छु’ निर्देशक मिलनले भने। 

आयोजित पत्रकार भेटघाट कार्यक्रममा कार्म, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, निर्देशक मिलन डि काप्रि र निर्माता तथा अभिनेता विराज कडरिया लगायतको उपस्थिति थियो । कुराकानीकै क्रममा अभिनेता कार्मले आफूले गर्न चाहेको फिल्म यस्तै रहेको बताए।

‘मैले गर्ने फिल्म केही फरक होस् भन्ने लाग्छ । कार्मले आफ्नो नामको अर्थ स्टार अर्थात् तारा भएपनि म तारा बन्नको लागि नभई कलाकारिता गर्न फिल्ममा आएको हु । स्टार भनेको चम्किरहने हो । मैले नाम त रोजेँ त्यो बेग्लै कुरा हो । मलाई कलाकारिता गर्नु छ विशुद्ध भुईँमा बसेर । तर, स्टार बन्ने मेरो इच्छा छैन’ कार्मले भने । 

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म यही बैशाख २३ गतेदेखि रिलिज हुनेछ । 

शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् । यसमा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रीको सम्पादन रहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १२ : २२ बजे

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा