सिन्धुपाल्चोकको १२ स्थानीय तहमा २२ सय १८ जना उम्मेदवार | Khabarhub Khabarhub

सिन्धुपाल्चोकको १२ स्थानीय तहमा २२ सय १८ जना उम्मेदवार


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकबाट दुई हजार दुई सय १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 

१२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा अध्यक्ष र प्रमुखका लागि एक सय प्रतिस्पर्धामा होमिएका छन् भने उपप्रमुख उपाध्यक्षमा ६९ को मनोनयन परेको छ । एक सय तीन वडामा चार सय ९५ ले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

महिला सदस्यका लागि तीन सय ८७ जना, दलित महिला सदस्यका लागि तीन सय ४९ जना र खुला सदस्यका लागि आठ सय १८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

बलेफी गाउँपालिका अध्यक्षमा सबैभन्दा बढी १५ को उम्मेदवारी परेको छ भने जुगल र इन्द्रावती गाउँपालिका अध्यक्षमा सबैभन्दा कम पाँच पाँचले मनोनयन दर्ता गराएका छन् । 

सबै पदमा गरेर सबैभन्दा बढी चौतारा साँगाचोकगढी नगरपालिकामा  तीन सय १६ को उम्मेदवारी परेको छ । यस्तै, इन्द्रावती गाउँपालिकामा दुई सय ५८ उम्मेदवारी परेको छ भने मेलम्ची नगरमा पनि दुई सय ५८ जनाले नै मनोनयन दर्ता गरेका छन् ।

त्यसपछि क्रमशः बाह्रबिसे नगरपालिकामा एक सय ८७, त्रिपुरासुन्दरी गाउँपालिकामा  एक सय ३८, पाँचपोखरी गाउँपालिकामा एक सय ४३, जुगल गाउँपालिकामा एक सय ४०, भोटेकोशी गाउँपालिकामा एक सय ४४, लिसङखुपाखर गाउँपालिकामा एक सय ७६, बलेफी गाउँपालिकामा एक सय ८५, सुनकोसी गाउँपालिकामा एक सय ४९ जना रहेका छन् ।

सबैभन्दा कम हेलम्बु गाउँपालिकामा एक सय २४ ले उम्मेदवारी दर्ता गराएका छन् । साथै, भोटेकोशी गाउँपालिकामा केही उम्मेदवारीले फिर्ता लिन सक्ने भएकोले यो संख्या भने केही घट्ने सम्भावना छ ।

सबै तहमा गरेर २५ राजनीतिक दल चुनावी मैदानमा उत्रिएका छन् । त्यसमध्ये कांग्रेस, एमाले, माओवादी लगायत ६ राष्ट्रिय मान्यता प्राप्त दल रहेका छन् । मुख्य राजनीतिक प्रतिस्पर्धी कांग्रेस, एमाले र माओवादीसहित राप्रपाले सबै स्थानीय तहमा उम्मेदवार उतारेको छ । 

माओवादीसँग गठबन्धन गरेको नयाँ राजनीतिक दल एकीकृत समाजवादीले समेत सबै तहमा प्रतिनिधित्व गरेको छ । 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १ : ३३ बजे

कोशी प्रदेशसभाबाट अर्थसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई

सुदूरपश्चिमलाई साक्षर प्रदेशको रूपमा औपचारिक घोषणा

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशलाई ‘साक्षर सुदूरपश्चिम

एक वर्षमा सिँचाइका ४८ ट्युबवेल निर्माण

चितवन– चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले एक वर्षमा ४८

बजेटमा ‘टेक एण्ड पे’ पीपीए खारेज भएसँगै इप्पानको आन्दोलन फिर्ता

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत गरिएको ‘टेक एण्ड

मुस्ताङमा उठाउन थालियो नदी उत्खनन कर

मुस्ताङ– कालीगण्डकी नदीको नदीजन्य प्राकृतिक स्रोत ढुङ्गा, गिटी, बालुवाको उत्खनन,