किन पदमुक्त भए धर्मेन्द्र र हेमन्त ? « Khabarhub

किन पदमुक्त भए धर्मेन्द्र र हेमन्त ?


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत ३ चैतदेखि १३ सम्म नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको १२ औं केन्द्रीय समितिको बैठक बस्यो । बैठकले महासचिव ‘विप्लव’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पास गर्‍यो । 

महासचिव ‘विप्लव’ ले स्थानीय तह निर्वाचनमा सहभागी हुनुपर्ने प्रस्ताव गरेका थिए । तर, उनको प्रस्ताव अस्वीकृत गरियो । बैठकले चुनावमा भाग नलिने, देशभक्त, जनवादी, एमसीसी विरोधी उम्मेदवारलाई समर्थन गर्न सकिने, पार्टीका सदस्यहरू उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठ्ने नीति पारित गरेको थियो । 

बहुमत सचिवालय सदस्यहरूले भने संसदीय व्यवस्था मान्न नहुने र चुनावमा कुनै पनि हालतमा सहभागी हुन नसकिने अडान राखेका थिए । त्यसमा थिए- सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’, हेमन्तप्रकाश वली ‘सुदर्शन’ ।

उनीहरूले बैठकमै फरक मत राखेका थिए । केन्द्रीय सचिवालयका पाँच नेतामध्ये कञ्चन र सुदर्शनसँगै केन्द्रीय समितिका बहुमत सदस्यले चुनाव लड्ने कदमको विरोध जनाएका थिए । ६८ जना केन्द्रीय सदस्यमध्ये ४० जना केन्द्रीय सदस्यहरू महासचिव विप्लवको चुनावमा सहभागी हुने प्रस्तावको विपक्षमा उभिएका थिए । 

विप्लवको उक्त प्रस्तावमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, ले समर्थन जनाए । पार्टीभित्र नै अल्पमतमा परेपछि विप्लव–प्रकाण्ड समूहले उनीहरूमाथि कारबाहीको तयारी थाल्यो । 

चुनाव नलड्ने नीति विपरीत प्रकाण्डले आफ्नै जिल्ला कालिकोट पुगेर आफ्नै भाइ बुहारी कलशा विकलाई उम्मेदवार बनाए । नरहरिनाथ गाउँपालिकाको अध्यक्षका लागि पार्टीका केन्द्रीय सदस्य एटम बिसीलाई उम्मेदवार बनाए । यस्तै रास्कोट नगरपालिकामा केन्द्रीय सदस्य धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकलाई उम्मेदवारी दर्ता गराउन लगाए । 

प्रकाण्डले आफ्नो प्रस्ताव असफल भएपछि असन्तुष्ट बनेका प्रकाण्डले विप्लवलाई पेलेरै भए पनि आफ्ना केही मान्छेलाई चुनावमा भाग लिने वातावरण बनाए । पार्टीको तर्फबाट धमाधम उम्मेदवारी पर्न थालेपछि सचिवालय सदस्य कञ्चनले १२ वैशाखमा विज्ञप्ति निकाल्दै विरोध जनाए । सचिवालय सदस्यको हैसियतमा कञ्चनले निकालेको विज्ञप्तिमा उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।

व्यक्तिगत रूपमा विज्ञप्ति जारी गरे पनि उनले समग्र सचिवालयको तर्फबाट भनेका थिए । उक्त विज्ञप्तिप्रति विप्लव-प्रकाण्ड समूह रूष्ट बन्यो । केही दिन अगाडि बसेको केन्द्रीय सदस्य माइला लामासहितका नेताहरूको बैठकले चुनाव लड्ने कदमको भण्डाफोर गर्ने निर्णय गरेको थियो । 

धर्मेन्द्र–सुदर्शन समूहले नेतृत्वको विरूद्धमा विभिन्न कमद चालेको थियो । यतिसम्म कि आवश्यक परेको खण्डमा विप्लव-प्रकाण्ड समूहलाई कारबाही गर्ने सम्मको तयारी थियो । यसका लागि उनीहरूले केन्द्रीय समिति बैठकमा फरक मत राख्ने नेताहरूको भेला गर्ने, सार्वजनिक अभिव्यक्ति दिने जस्ता कार्य गर्न थाले । आफूविरुद्ध भण्डाफोर अभियान चलेको चाल पाएपछि विप्लव–प्रकाण्ड समूहले उनीहरूलाई कारवाही प्रक्रियाअघि बढाएको हो । 

अन्ततः विप्लव-प्रकाण्ड समूहले सुदर्शन र कञ्चनलाई पदमुक्त गरेको छ । बुधबार बिहान कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय नेताहरूको सचिवालय बैठकले दुवै जनालाई निष्काशन गरेको हो । 

दुवै नेताहरूले मालेमावादको सामान्य संगठनात्मक विधि एवं मान्यत एवं एकीकृत जनक्रान्तिको भावनाविपरीत बैठकका निर्णय र नेतृत्वका विरुद्ध पार्टी बाहिरका संचारमाध्यमहरूमा छाडा एवं अराजक तरिकाले अन्तर्वार्ता दिने, कार्यकर्तामाझ गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गरेको भन्दै निष्कासन गरिएको विप्लवको आरोप छ । 

 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  २ : ३९ बजे

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका

भरतपुरको गेस्ट हाउस चौरमा ‘शहीद मैदान’ बनाइँदै

चितवन– चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘शहीद मैदान’

पाँच वर्षे छोरालाई आमाको आशीर्वाद- ‘सरी’ भन्ने बानी कहिल्यै नत्याग्नू !

चिठ्ठी साहित्य प्रिय बाबु आयान्स,असीम माया !तिमी अहिले पाँच वर्षका

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई