युक्रेनसँग सीमा जोडिएका रुसी क्षेत्रमा श्रृङ्खलाबद्ध विष्फोट « Khabarhub

युक्रेनसँग सीमा जोडिएका रुसी क्षेत्रमा श्रृङ्खलाबद्ध विष्फोट


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनसँग सीमा जोडिएका रुसी भूभागमा श्रृङ्खलाबद्ध विष्फोट भएका छन् । बुधबार बिहान युक्रेनसँग सीमा जोडिएका रुसका तीन क्षेत्रहरुमा श्रृङ्खलाबद्ध विष्फोट भएको हो ।

रुसको कुर्स्क क्षेत्रका गभर्नर रोमन स्टारोभोयटले कुर्स्क शहरमा विष्फोट भएको जनाएका छन् । यद्यपि यस विष्फोटबाट भएको क्षतिको विवरण सार्वजनिक नभइसकेको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

त्यसैगरी युक्रेनसँग सीमा जोडिएको भोरोनेज क्षेत्रको राजधानी शहरमा पनि दुई विष्फोट भएको रुसको तास समाचार संस्थाले जनाएको छ ।

अर्कोतर्फ युक्रेनसँग सीमा जोडिने रुसको बेल्गोरोद क्षेत्रका गभर्नर भियाचिस्लाभ ग्लादकोभले स्टाराया नेलिदोभ्का गाउँमा रहेको गोलीगठ्ठा भण्डारणमा आगलागी भएको जनाएका छन् ।  यद्यपि यस घटनामा कुनै मानवीय क्षति नभएको र आगलागी तुरुन्तै नियन्त्रणमा लिइएको उनले बताए ।

यसअघि रुसले बेल्गोरोद क्षेत्रमा रहेको इन्धन भण्डारणमा युक्रेनी पक्षले आक्रमण गरेको आरोप लगाएको थियो ।

यसबाहेक पछिल्ला केही दिनयता युक्रेनसँग सीमा जोडिएका रुसका पश्चिमी क्षेत्रमा रहेका पूर्वाधारहरूमा आगलागी, विष्फोटजस्ता घटना सार्वजनिक हुने गरेका छन् ।

यद्यपि यस्ता घटनाबारे युक्रेनले हालसम्म कुनै टिप्पणी नगरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ४ : ४७ बजे

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ