‘ललितपुरमा साइकल लेन हुँदा खुशी लाग्छ’ « Khabarhub

‘ललितपुरमा साइकल लेन हुँदा खुशी लाग्छ’

‘खर्च नहुने भएकाले विद्यार्थीलाई धेरै फाइदा छ’



मलाई साइकल चलाउन विद्यार्थीले सिकाएको हो । तराईमा दुई वर्ष शिक्षक भएर काम गरे । कोभिडको समयमा बाहिर भिडभाडमा नजाने निर्णय गरे । जसले गर्दा भिडभाडमा जाने बानी हट्न मद्दत भयो । त्यसपछि काठमाडौँ आएँ । त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेँ । त्यो समयमा मोटरसाइकल किन्न सक्ने अवस्था थिएन । आर्थिक रुपमा हेर्दा पनि साइकल सस्तो र विद्यार्थीले किन्न सक्ने थियो ।

समयको हिसाबले हेर्दा पनि सार्वजनिक बसमा भक्तपुरबाट कीर्तिपुरसम्म पुग्न मलाई न्यूनतम एक घण्टा २० मिनेट जति समय लाग्छ । तर म साइकलमा जाँदा लगभग पचास मिनेट जतिमा पुग्छु । यसरी हेर्दा साइकलले मलाई फाइदा नै दिएको छ । मोटरसाइकल किन्न नसक्ने कति धेरै विद्यार्थीहरु छन् । जसले गर्दा विद्यार्थीहरुले सार्वजनिक यातायातको प्रयोग गर्नुपर्ने बाध्यता छ । सार्वजनिक सवारी साधनमा कोचाकोच गरी जानुपर्छ, जामले गर्दा आधा घण्टा पुग्ने ठाउँमा डेढ घण्टा लागेर पनि पुग्नुपर्ने हुन्छ । कलेज पुग्ने बेलासम्म विद्यार्थी थकित भइसकेको हुन्छ।

त्यसैले विद्यार्थीको तर्फबाट बोल्नुपर्दा, साइकललाई प्रोमो गर्दा विद्यार्थीहरुलाई एकदमै सहयोग पुग्छ जस्तो लाग्छ । कतिपय विद्यार्थीहरुलाई साइकल कति फाइदाजनक छ भनेर थाहा पनि छैन होला । किनकि सधैँ बसमा जानुपर्ने बाध्यताले गर्दा साइकलले कति धेरै स्वतन्त्रता दिन्छ भनेर पनि थाहा छैन । मेरो त्यस्तै एउटा कहानी छ, मेरो साइकल सर्विसिङको क्रममा धेरै पछि म बसमा चढेको थिए । यात्रा गर्दा पैसा तिर्नुपर्ने रहेछ भनी मलाई अचम्म लागेको थियो । किनकि साइकलमा यात्रा गर्ने बानीले यात्रा गर्दा पैसा तिर्नुपर्छ भन्ने कुरा मेरो मानसपटलबाट नै हटिसकेको थियो ।

मैले यस विषयलाई कहाँ जोड्न खोजेको भने कहिले काहीँ विद्यार्थीहरुसँग पैसा हुँदैन । म सँग कहिले खल्तीमा पाँच सय रुपैयाँ हुन्छ । कहिले हजार रुपैयाँ हुन्छ । तर पनि म एक हप्तासम्म साइकल यात्रा गर्न सक्छु । किनकि खर्च नै हुँदैन । त्यसैले विद्यार्थीको लागी साइकल एकदमै फाइदाजनक छ । र धेरै सहयोग पनि पुग्छ । यसलाई कसरी प्रोमोट गर्ने भन्ने विषयमा आधिकारिक रुपमा सोच्नुपर्छ । हाम्रो डाटा हेर्दा साइकल चलाउने मात्र १ दशमलव ३ प्रतिशत छ । यति मात्र डाटामा हुनुको कारण के हो ? ठाउँ नभएर नचलाएको हो की ? के कारणले हो ?

ललितपुरमा साइकल चलाउँदा म ढुक्क हुन्छु । साइकल लेन हुँदा खुसी लाग्छ । सवारी साधन चलाउनेहरूले पनि ठाउँ दिन्छन् । अरू ठाउँमा चलाउँदा पेलेर चलाउँछ तर ललितपुरमा साइकलको लागी ठाउँ छुट्याएको भनेर ठाउँ छोड्छन् । यसरी साइकलको लागी लेन छुट्टाइयो भने साइकल चलाउने संख्या बढ्छन् होला । जसले गर्दा विद्यार्थीको पैसा बचत हुन्छ, आर्थिक रुपमा सहयोग पुग्छ, समयको बचत हुन्छ, शारीरिक रुपमा स्वस्थ्य हुन्छ साथै वातावरणलाई पनि स्वस्थ्य राख्न सहयोग पुग्छ ।

अन्य साधनको प्रयोगमा विद्यार्थीको फजुल खर्च भइरहेको हुन्छ । फजुल खर्च हुने पैसालाई किताब कपि किन्न, कतै घुम्न तिर प्रयोग गर्न सकिन्छ । त्यसैले साइकलबाट धेरै फाइदाहरु छन् । यो मैले साइकल चढी सकेपछि पाएको अनुभव हो ।

मलाई पहिलो दिन साइकलमा कीर्तिपुर जानलाई डर लागेको थियो । त्यति टाढा कसरी जाने होला भनेर ? यो भन्दा अगाडि पनि म अफिस जाँदा साइकल नै चढ्थे । तर त्यो दिन मैले कीर्तिपुर पुगेर फर्किन सके । त्यसपछि गर्न सकिने रहेछ भनेर थाहा पाए । त्यसैले साइकललाई कसरी प्रोमोट गर्न सकिन्छ ? यसको प्रोमोटको लागी नेतृत्व वर्ग र निर्णायक व्यक्तिहरुलाई आग्रह गर्न चाहन्छु । (प्रस्तुति : पासाङ लामा ह्योल्मो)

(खबरहबद्धारा आयोजित ‘साइकलमैत्री सहर’ विषयमा साइकलयात्री सुदर्शनराज भण्डारीले राखेको धारणाको सम्पादित अंशः)

 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ७ : ३० बजे

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा

बलिउड अभिनेत्री शेट्टीले गरिन् पशुपतिनाथमा पूजा, आराधना

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा,