काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बालेनको प्रतिवद्धता « Khabarhub

काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बालेनको प्रतिवद्धता


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र शाहले काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

काठमाडौंको स्वतन्त्र मेयर बनेर इतिहास रचेपछि पहिलो सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । ‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेका छौं’, उनले भने ।

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार र्‍यापपर वालेन्द्र साह निर्वाचित भएका छन् भने उपमेयरमा पूर्वमिस नेवा सुनिता डंगोल विजयी भएकी छिन्।

फरक पृष्ठभूमिका दुई युवाले महानगर नेतृत्व पाएपछि महानगरबासीमा मात्र होइन देशभर उत्साह देखिन्छ। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार वालेन्द्रले ६१ हजार ७६७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत पाएकी छन्। बालेन्द्र र सिर्जनाको मतान्तर २३ हजार ४२६ रहेको छ।

 

आफ्नो जितलाई सुरुवातको रुपमा लिएको बालेनको भनाइ छ । उनले विजय भन्दा पनि सहकार्यको सुरुवातको रुपमा यसलाई लिएको र भिजन र एजेण्डासहित पाँच वर्षकाम गर्ने उल्लेख गरेका छन् ।

‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं। निर्वाचनको परिणाम जुन आएको छ। यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरूआत हुनेछ’, वालेनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ।’

नवनिर्वाचित मेयर बालेनले काठमाडौं महानगरलाई नै एउटा परिवारको रूपमा लिएको उल्लेख गरेका छन् ।
उनले थप भने, ‘काठमाडौं महानगर परिवारको रूपमा रहेको छ। सधै परिवार नै थियो र परिवारनै रहनेछ ।’

काठमाडौंको उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भइन्। उनले ६८ हजार ६१२ मत पाएकी छन्।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ८ : ४५ बजे

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको