प्रेस युनियनको भेला जारी, पूर्वमहासचिवदेखी कांग्रेस केन्द्रीय सदस्यसम्म उपस्थित « Khabarhub

प्रेस युनियनको भेला जारी, पूर्वमहासचिवदेखी कांग्रेस केन्द्रीय सदस्यसम्म उपस्थित


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पटक पटक महाधिवेशनको मिति सारेका भन्दै प्रेस युनियन आबद्ध असन्तुष्ट पक्षले काठमाडौँमा समानान्तर भेला आह्वान गरेका छन् ।

पूर्वनिर्धारित मिति अनुसार आजैका दिनमा तय गरिएको महाधिवेशन तीन महिनापछि अर्थात् १३–१४ भदौमा सारिएको भन्दै असन्तुष्ट पक्षले समानान्तर भेला आयोजना गरेका हुन् ।

काठमाडौँस्थित अनुपम फुडल्याण्डमा जारी भेलाले जेठ मसान्तभित्र महाधिवेशन गर्ने बारेमा छलफल गर्ने काठमाडौँ जिल्लाका पूर्व अध्यक्ष नकुल अर्यालले जानकारी दिए । ‘‘विगत ८ वर्षदेखि युनियनको महाधिवेशन हुन सकेको छैन, यसअघि जेठ १३ र १४ मा तोकिएको महाधिवेशन हठात स्थगित गरेर  अधिवेशन सारेर भदौ भदौं २१–१२ पुर्‍याइएको छ,’ अर्यालले भने, ‘महाधिवेशन गर्न अक्षम नेतृत्वको खिलाफमा बहुमत पदाधिकारीसहित केन्द्रीय सदस्यको भेलाले महाधिवेशनको मिति तय गर्नेछ ।’  वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, उपाध्यक्ष बाला अधिकारी, सचिव सलोजा दाहाल, खिला कार्की र केन्द्रीय सल्लाहकार शिव लम्साललगायत पूर्वअध्यक्षको भेला भइरहेको हो ।

प्रेस युनियन स्थापना दिवसको अवसरमा आयोजित भेलालाई पूर्वअध्यक्षहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाउँदै देश भरीबाट जिल्ला अध्यक्षहरु काठमाडौँ आएका छन् । सो भेलामा कांग्रेस सभापति शेरबहादुर देउवा इतरका समर्थक पत्रकारहरूको सहभागिता रहेको छ । भेलामा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे, युनियनका पूर्व महासचिवसमेत रहेका केन्द्रीय सदस्य अजय बाबु सिवाकोटी, केन्द्रीय सदस्य प्रतिमा गौतमलगायत पनि उपस्थित छन्।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ११ : १९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन