बालेन साहको सद्‌भाव र्‍याली (फोटो फिचर) « Khabarhub

बालेन साहको सद्‌भाव र्‍याली (फोटो फिचर)


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित बालेन साहले शुक्रबार धन्यवाद र्‍याली निकालेका छन् ।

मतगणना स्थल राष्ट्रिय सभा गृहबाट निकालिएको र्‍याली सहरको विभिन्न क्षेत्रमा पुगेको छ ।

सो क्रममा काठमाडौंवासीले घरघरका छत र झ्यालबाट हात हल्लाएर बालेनलाई बधाई दिएका थिए । सडकमै यात्रारत व्यक्तिले आफू सवार सवारी साधनबाटै हात हल्लाएर बधाई दिएका थिए । जवाफ बालेनले पनि हात हल्लाएका थिए ।

सभागृहबाट सुरु भएको र्‍याली भद्रकाली, त्रिपुरेश्वर, माइतीघर–बबरमहल, बिजुली बजार, यूएन पार्क, शान्तिनगर, तिनकुने, कोटेश्वर, जडीबुटी, सिनामंगल, एयर्पोर्ट, तिलगंगा, गौशाला,  चावहिल, महाराजगन्ज, सामाखुसी, नयाँ बसपार्क, बालाजु, स्वयम्भू,  सितापाइला, कलंकी, बल्खु, कुलेश्वर, कालीकाम, टेकु, त्रिपुरेश्वर भएर रत्नपार्कस्थित खुलामञ्चमा आएर सभामा परिणत हुनेछ ।


उनको र्‍यालीमा उनका समर्थकहरुको स्वतःस्फूर्त रुपमा सहभागी देखिन्छ ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ११ : २७ बजे

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा