ओलीलाई मन्त्री बडूले आरोप पुष्टि गर्न चुनौति दिएपछि एमालेद्वारा संसद अवरोध « Khabarhub

ओलीलाई मन्त्री बडूले आरोप पुष्टि गर्न चुनौति दिएपछि एमालेद्वारा संसद अवरोध


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले लगाएको आरोप निराधार भएको बताएपछि नेकपा एमालेले संसद अवरुद्ध पारेको छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै बिहीबार प्रतिनिधिसभाको बैठकमा एमाले अध्यक्ष ओलीले आयल निगम खारेज गर्न आधा कमिसन खाइसकेको भन्ने आरोप पुष्टि गर्न मन्त्री बडूले चुनौती दिएपछि एमाले सांसद उठेर विरोध जनाएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बिहीबार संसदमा दिएका अभिव्यक्तिमाथि आज मन्त्री बडुले टिप्पणी गरेका थिए। त्यसक्रममा मन्त्री बडुले प्रयोग गरेका शब्द आपत्तिजनक रहेको भन्दै रेकर्डबाट हटाउन एमाले सांसदहरूले माग गरेका छन्।

मन्त्री बडुले ‘साउनको महिनामा दृष्टि गुमाएको गोरूले सधैं हरियो देख्छ भन्ने उखान स्मरण गराउँछु’ भन्ने अभिव्यक्ति दिएका थिए। ओली प्रधानमन्त्री हुँदा कमिसनको चास्नीमा डुबेको आरोप मन्त्री बडुको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले पटक पटक आग्रह गर्दा पनि एमालेका सांसदहरू नबसेपछि बैठक केहीबेरलाई स्थगित गरेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १२ : ४६ बजे

वालेन्द्रलाई वर्षमानका १८ सुझाव : खोज तथा उद्धारमा तीव्रतादेखि नेपाल-चीन संयुक्त संयन्त्र निर्माणसम्म

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन

टनेलमा फसेकाको तत्काल उद्धार गर्न सरकारलाई पूर्वाधार समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भाद्र १० गतेको विनाशकारी

क्युरेक्स फर्मास्युटिकल्सको ‘प्यान्टोलोक–डीएसआर’ औषधि बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपाद्वारा उत्पादित ‘प्यान्टोलोक–डीएसआर’

बर्नहम–म्याक्रोन वार्ता, बेलायत-फ्रान्स सहकार्य बढ्ने

एजेन्सी– बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच

आयोजनाका प्राविधिकको सहयोग लिएर लाङटाङको सुरुङबाट सेनाले निकाल्यो दुईजनाको शव

रसुवा- रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली सेनाले दुईजना