आयल निगमको भलबारीमास्थित प्रादेशिक कार्यालयमा आगलागी « Khabarhub

आयल निगमको भलबारीमास्थित प्रादेशिक कार्यालयमा आगलागी


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रूपन्देहीको भलबारीमा रहेको नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा आगलागी भएको छ।

आयल निगमको डिपोभित्र डिजल लोड गरेर बाहिर निस्कने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको टयांकरमा आगलागी भएको प्रहरीले जनाएको छ।

डिजल र पेट्रोल लोड गरेर बाहिर निस्किने क्रममा आगलागी हुँदा दुईवटा ट्यांकरमा पूर्ण क्षति पुगेको छ। आगलागीबाट ट्यांकरमा पूर्णमात्रामा क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागी के-कति कारणले भएको हो भन्ने बारे केही खुल्न सकेको छैन । शुक्रबार बिहान ११ बजेतिर ट्यांकरमा आगलागी भएको हो ।

आगलागी हुनासाथ सिद्धार्थनगर, बुटवल र तिलोत्तमा नगरपालिकाको दमकल तत्काल पुगी आगो नियन्त्रणमा लिएका थिए । यस्तै आगलागी नियन्त्रणमा ल्याउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, निगमका कर्मचारी, अग्नि नियन्त्रकसमेत खटिएका थिए ।

आगलागी नियन्त्रणमा करिब एक घन्टामा भएको समय लागेको छ । दमकल तत्कालै पुगेकाले आगलागीबाट ठूलो क्षति हुन पाएन । ट्यांकरमा भने क्षति पुगेको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १ : ३० बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल