नेकपा एमालेका सांसदहरुद्वारा प्रतिनिधिसभा अवरुद्ध « Khabarhub

नेकपा एमालेका सांसदहरुद्वारा प्रतिनिधिसभा अवरुद्ध


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका सांसदहरुले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले आफ्ना अध्यक्ष केपी शर्मा ओलीमाथि गरेका टिप्पणीप्रति आपत्ती जनाउदै प्रतिनिधिसभा अवरुद्ध पारेका छन् । No description available.शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा जानकारी गराउने क्रममा मन्त्री बडुले बिहीबार ओलीले सदनमा स्तरहीन अभिव्यक्ति दिएको बताएका थिए ।ओलीले सदनमा बोल्दा आधारहीन, भ्रामक र राजनीतिक पूर्वाग्रहपूर्ण अभिव्यक्ति दिएको पनि बताए । त्यसपछि एमालेका सांसदहरुले मन्त्रीले गैरजिम्मेवारीपूर्वक बोलेको भन्दै विरोध जनाएका थिए ।No description available.एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख प्रतिपक्षी दलका नेतामाथि अप्रमाणित कुरा गरेर संसदको गरिमा घटाउने काम गरेको आरोप लगाए । एमाले सांसदहरुले मन्त्री बडुले आफ्ना शब्द फिर्ता लिनुपर्ने माग गर्दै उठेर विरोध जनाएपछि सभामुख अग्नी सापकोटाले केहिबेरको लागि बैठक स्थगित गरेका थिए ।  त्यसअघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा जानकारी गराउँदै मन्त्री बडुले कर समायोजनको विषयको प्रस्ताव अर्थ मन्त्रालयले गृहकार्य गरिरहेको र उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिएका थिए ।

आयल निगमको घाटा कम गर्न तथा यसको अल्पकालीन तथा दीर्घकालीन विकल्प र व्यवसाय विविधीकरणसहितको विषयमा अध्ययन गर्न सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा एक उच्चस्तरीय अध्ययन समिति समेत बनाएको उनले जानकारी दिए । 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १ : ३२ बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही