‘सुरुवाती समयमा डराएकी थिएँ’  « Khabarhub

‘सुरुवाती समयमा डराएकी थिएँ’ 


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आजबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी : द फाइनल म्याच’ ले पहिलो दिन २ करोडको हाराहारीमा नेपाली बजारमा ग्रस कलेक्सन गर्ने अनुमान गरिएको छ ।दयाहाङ राई, सौगात मल्ल र मिरुना मगरको मुख्य भूमिका रहेको ‘कबड्डी ४ : द फाइनल म्याच’ लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्म मुख्य पात्र काजी (दयाहाङ) को विवाहमा केन्द्रित छ । सोल्टिनीबाट मायामा बारम्बार ढोका पाएको काजीलाई यसपटक बिहे गर्न रुचि छैन । तर उसको बाउलाई वंश जोगाउने चिन्ता छ । यस्तो परिस्थितिमा गाउँकी नयाँ शिक्षिका शान्ति (मिरुना) को प्रवेश हुन्छ । काजीलाई मन पराउने शान्तिको प्रेममा बमकाजी (सौगात) पागल छ ।

मिरुनाको सर्वाधिक सफल फिल्मको लिस्टमा ‘कबड्डी’ ४ : द फाइनल म्याच’ परेको छ । यसअगाडि उनका फिल्मले यो चर्चा र व्यापार गर्न सकेको छैन । ‘मलाई निकै डर लागेको थियो । किनकी मैले गर्ने क्यारेक्टरमा यस अघि अरुले दर्शकको मन जिती सक्नु भएको थियो । साथै , फिल्ममा सबै सिनियर कलाकारहरू हुनुहुन्छ’ मिरुनाले भनिन् । 

यद्यपि फिल्म अगाडिको वर्कशपले उनलाई काम गर्न सजिलो भएको बताइन । रिलिजको पूर्व सन्ध्यामा आयोजित प्रिमियरमा भेटिएकी मिरुनाले भनिन् , ‘मैँले काम गर्दा निकै सहजता पाए । हिट सिरिजमा मैले आफ्ना एक्टरहरु मार्फत पाएको सहयोगले नै काम गर्न सकेकी हुँ । आश छ, दर्शकले रुचाउनु हुनेछ’ । फिल्ममा उनी सरल र शान्त स्वभावकी शिक्षिकाको भूमिकामा छिन् ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ३ : ३८ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

रविको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको

मोडल इभा गिरीले साइन गरिन् ‘पाँच पाण्डव’

काठमाडौं – मोडल तथा सामाजिक सञ्जालकी चर्चित पात्र इभा गिरीले

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने