यी हुन् नेपालले १० महिनामा सबैभन्दा बढी रकम खर्चेर आयात गरेको १० वस्तु  « Khabarhub

यी हुन् नेपालले १० महिनामा सबैभन्दा बढी रकम खर्चेर आयात गरेको १० वस्तु 


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको आयात प्रत्येक वर्ष बढ्दो छ । खाद्यान्नदेखि लगाउने वस्तु सबै विदेशबाट आउँछ । आयात बढ्दै जाँदा नेपाली ठूलो रकम बाहिरिने गरेको छ । यसले देशको अर्थतन्त्रलाई समेत असर गरेको छ । 

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले सबैभन्दा बढी रकम खर्चेर आयात गरेका वस्तुमा पर्छन्– डिजेल, पेट्रोल, एलपीजी ग्यास, कच्चा भटमास तेल, फलाम, मोबाइल फोन, कच्चा पाम तेल, खोप, कोइला र सुन । नेपालले पछिल्लो दश महिनामा यी दश वस्तु आयात गर्न ४ खर्ब ८८ अर्ब ७६ करोड ६२ लाख ९० हजार रुपैयाँ खर्चेको छ । अर्थात यो रकम दश महिनामा नेपालबाट बाहिरिएको छ । 

२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा नेपालले भारतबाट १ खर्ब २३ अर्ब ७० करोड ८८ लाख ८१ हजार रुपैयाँको डिजेल आयात गरेको छ । सोही अवधिमा भारतबाटै नेपालमा ५४ अर्ब ८३ करोड ९६ लाख ६ हजार रुपैयाँको पेट्रोल भित्रिएको छ । भारतबाट नै ५२ अर्ब ५९ लाख ७५ हजार रुपैयाँको एलपीजी ग्यास नेपालले आयात गरेको छ । 

चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले विभिन्न देशबाट ३४ अर्ब ७४ करोड ४२ लाख ५७ हजार रुपैयाँको कच्चा भटमास तेल आयात गरेको छ । उक्त अवधिमा ४३ अर्ब ५५ करोड २ लाख ३७ हजार रुपैयाँको फलाम नेपाल भित्रिएको छ । नेपालले पछिल्लो दश महिनामा ३६ अर्ब ९४ करोड १५ लाख २९ हजार रुपैयाँको मोबाइल फोन विभिन्न देशबाट आयात गरेको छ । मोबाइल फोन नेपालमा सबैभन्दा बढी चीनबाट आउने गरेको छ । 

सोही समयमा नेपालले विभिन्न देशबाट ३४ अर्ब ७४ करोड ४२ लाख ५७ हजार रुपैयाँको कच्चा पाम तेल आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार सो अवधिमा मानिसको लागि आवश्यक पर्ने खोप ३२ अर्ब ६ करोड २२ लाख ६८ हजार रुपैयाँको भित्रिएको छ ।  बितेको दश महिनामा नेपालले ३१ अर्ब ८० करोड २२ लाख ५४ हजार रुपैयाँको कोइला आयात गरेको छ । सोही समयमा युनाइटेड अरब इमिरेट्स र टर्कीबाट २९ अर्ब ७० करोड १० लाख ४९ हजार रुपैयाँको सुन नेपालमा आएको छ । 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ३ : ५० बजे

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय

आजको मौसम पूर्वानुमान: पहाडी तथा हिमाली क्षेत्रमा वर्षा, तराईमा हुरीको चेतावनी

काठमाडौँ – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको