अफगानिस्तानका आधा भन्दा धेरै जनसङ्ख्या मानवीय सहायतामा निर्भर « Khabarhub

अफगानिस्तानका आधा भन्दा धेरै जनसङ्ख्या मानवीय सहायतामा निर्भर


१३ जेष्ठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानमा बिग्रँदै गएको आर्थिक र मानवीय सङ्कटको बीचमा शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले अफगानिस्तानको आधाभन्दा बढी जनसङ्ख्या मानवीय सहायतामा निर्भर रहेको बताएको छ ।

उच्चायुक्तले ट्विटरमा एक अफगान बालिकाको तस्बिर पोस्ट गर्दै लेखेको छ- ‘अफगानिस्तानको आधाभन्दा बढी जनसङ्ख्या जीवन बचाउन मानवतामा निर्भर छ । दुई मध्ये एक जनालाई थाहा छैन कि उनीहरूको अर्को खाना कहाँबाट आउँदैछ । हामी सबैभन्दा कमजोरलाई प्रत्यक्ष सहायता प्रदान गर्दछौँ । हामी शरणार्थी र विस्थापित मानिसहरूको स्वैच्छिक फिर्ताको लागि शर्तहरू प्रदान गर्न विद्यालयहरू, स्वास्थ्य केन्द्रहरू, खानेपानी आयोजनाहरू र सडकहरू निर्माण गर्छौँ जब उनीहरू तयार हुन्छन् ।’

यसअघि अफगानिस्तान पुनर्निर्माणका लागि अमेरिकी विशेष महानिरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा २ करोड ४४ लाख भन्दा धेरै बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको बताएको थियो ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को प्रतिवेदन अनुसार डिसेम्बरमा ९७ प्रतिशत जनसङ्ख्याले अपर्याप्त खाद्यान्न उपभोग गरेको र उनीहरूले खान नै नखाने जस्ता अवस्थासँग जुध्न बाध्य भएका छन् ।

यसअघि डब्लुएफपीले आफ्नो प्रतिवेदनमा धेरै अफगानहरूले कडा भोकमरीको सामना गरेको बताएको थियो । अफगानिस्तानको राजधानी काबुलमा परिवारहरू सडकमा बस्न बाध्य भएका भन्दै निरपेक्ष गरिबी, खाद्य सङ्कट र बेरोजगारीको समस्या हालसम्मकै विकराल भएको उल्लेख छ ।

यसबाहेक देशमा खाद्य पदार्थको लगातार बढिरहेको मूल्य अफगानिस्तानका लागि नयाँ चुनौतीको रूपमा देखा परेको जनाइएको छ । तीन महिनाभन्दा छोटो अवधिमा खाद्यान्नको मूल्य झण्डै दोब्बर भएको अफगानिस्तानको समाचार संस्था खामा प्रेसले उल्लेख गरेको छ । 

एक बोरा पीठोको मूल्य पहिलेको तुलनामा २ हजार ८ सयदेखि ३ हजार अफगानिस्तानको मुद्रा अफगानी सम्म पुगेको छ ।

स्थानीय सर्वेक्षणका अनुसार अफगानिस्तानमा पूर्ववर्ती सरकारको पतनपछि गरिबीको दर ९५ प्रतिशत नाघेको भने ५६ प्रतिशतले दैनिक आम्दानीमा कमी आएपछि देश छाड्न खोजिरहेका छन् । यसबाहेक लाखौं अफगानहरू भोकमरीको निकट छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ४ : ०१ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस