अफगानिस्तानका आधा भन्दा धेरै जनसङ्ख्या मानवीय सहायतामा निर्भर « Khabarhub

अफगानिस्तानका आधा भन्दा धेरै जनसङ्ख्या मानवीय सहायतामा निर्भर


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानमा बिग्रँदै गएको आर्थिक र मानवीय सङ्कटको बीचमा शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले अफगानिस्तानको आधाभन्दा बढी जनसङ्ख्या मानवीय सहायतामा निर्भर रहेको बताएको छ ।

उच्चायुक्तले ट्विटरमा एक अफगान बालिकाको तस्बिर पोस्ट गर्दै लेखेको छ- ‘अफगानिस्तानको आधाभन्दा बढी जनसङ्ख्या जीवन बचाउन मानवतामा निर्भर छ । दुई मध्ये एक जनालाई थाहा छैन कि उनीहरूको अर्को खाना कहाँबाट आउँदैछ । हामी सबैभन्दा कमजोरलाई प्रत्यक्ष सहायता प्रदान गर्दछौँ । हामी शरणार्थी र विस्थापित मानिसहरूको स्वैच्छिक फिर्ताको लागि शर्तहरू प्रदान गर्न विद्यालयहरू, स्वास्थ्य केन्द्रहरू, खानेपानी आयोजनाहरू र सडकहरू निर्माण गर्छौँ जब उनीहरू तयार हुन्छन् ।’

यसअघि अफगानिस्तान पुनर्निर्माणका लागि अमेरिकी विशेष महानिरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा २ करोड ४४ लाख भन्दा धेरै बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको बताएको थियो ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को प्रतिवेदन अनुसार डिसेम्बरमा ९७ प्रतिशत जनसङ्ख्याले अपर्याप्त खाद्यान्न उपभोग गरेको र उनीहरूले खान नै नखाने जस्ता अवस्थासँग जुध्न बाध्य भएका छन् ।

यसअघि डब्लुएफपीले आफ्नो प्रतिवेदनमा धेरै अफगानहरूले कडा भोकमरीको सामना गरेको बताएको थियो । अफगानिस्तानको राजधानी काबुलमा परिवारहरू सडकमा बस्न बाध्य भएका भन्दै निरपेक्ष गरिबी, खाद्य सङ्कट र बेरोजगारीको समस्या हालसम्मकै विकराल भएको उल्लेख छ ।

यसबाहेक देशमा खाद्य पदार्थको लगातार बढिरहेको मूल्य अफगानिस्तानका लागि नयाँ चुनौतीको रूपमा देखा परेको जनाइएको छ । तीन महिनाभन्दा छोटो अवधिमा खाद्यान्नको मूल्य झण्डै दोब्बर भएको अफगानिस्तानको समाचार संस्था खामा प्रेसले उल्लेख गरेको छ । 

एक बोरा पीठोको मूल्य पहिलेको तुलनामा २ हजार ८ सयदेखि ३ हजार अफगानिस्तानको मुद्रा अफगानी सम्म पुगेको छ ।

स्थानीय सर्वेक्षणका अनुसार अफगानिस्तानमा पूर्ववर्ती सरकारको पतनपछि गरिबीको दर ९५ प्रतिशत नाघेको भने ५६ प्रतिशतले दैनिक आम्दानीमा कमी आएपछि देश छाड्न खोजिरहेका छन् । यसबाहेक लाखौं अफगानहरू भोकमरीको निकट छन् ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ४ : ०१ बजे

रक्षा मन्त्रालयको लक्ष्यअनुसार असी प्रतिशतभन्दा बढी प्रगति

काठमाडौं– रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा

रक्षा मन्त्रालयको लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति

काठमाडौं– रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा

अवैध लागूऔषधसहित कैलाली र चितवनबाट पाँच जना पक्राउ

काठमाडौं– कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो

स्थानीय तहले फेरि एकपटक भूउपयोग परिवर्तन सक्ने

काठमाडौं – भूउपयोगको वर्गीकरण गरिसकेका स्थानीय तहले पनि फेरि एकपटक

जापानी कलाकारले फ्यानलाई काखी सुँघाएपछि…

काठमाडौं- जापानको मनोरञ्जन उद्योगमा ‘आइडल कल्चर’ को विशेष महत्व छ