त्रासमा पारी ७ करोड रकम असुल्न खोज्ने गिरोह पक्राउ « Khabarhub

त्रासमा पारी ७ करोड रकम असुल्न खोज्ने गिरोह पक्राउ


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- व्यापारीलाई धम्क्याएर ७ करोड रुपैयाँ माग गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ । 

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा–१० घर भइ हाल काठमाडौंको गोठाटार बस्ने २१ वर्षीय सुजन आचार्य, कालिकोटको सान्नित्रिवेणी–८ घर भइ काठमाडौंको बुढानीलकण्ठ बस्ने २९ वर्षीय टेक विक, बझाङको खप्तडछान्ना घर भइ काठमाडौंको कोटेश्वर बस्ने २९ वर्षीय धर्मराज थापा, काभ्रेको तेमाल–२ घर भइ काठमाडौंको काँडाघारी बस्ने ३३ वर्षीय रमेश भण्डारी रहेको प्रहरीले जनाएको छ ।  यस्तै गुल्मीको धुरकोट–२ घर भइ काठमाडौंको रातोपुल बस्ने २९ वर्षीया बसन्ता खनाल, चितवनको भरतपुर–११ घर भइ काठमाडौंको सिनामंगल बस्ने ३२ वर्षीय वर्षीय सुरज शर्मा र काठमाडौंको सिनामंगल बस्ने ३३ वर्षीय श्रवण कार्कीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कालिकोटका टेक बिक नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ता भएको खुलेको छ। यसअघि नेकपा एमालेका नेता तथा सांसद्‌ गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा बम राखेको आरोपमा पनि उनी पक्राउ परेका थिए । 

यस्तै पक्राउ परेका सुजन आचार्य यसअघि पनि नक्कली हिरा देखाएर ठगी गरेको तथा लुटपाटको आरोपमा मकवानपुरमा पक्राउ परेको प्रहरीले जनाएको छ । आफूलाई पत्रकार हुँ भन्दै उनले अरु व्यक्तिलाई पनि ठगी गरेको देखिएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । 

पक्राउ परेका सातै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । 

 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ६ : ०२ बजे

कन्सर्टका लागि भारतीय गायक नवजोत काठमाडौंमा

काठमाडौं – चर्चित भारतीय गायक नवजोत आहुजा कन्सर्टका लागि काठमाडौं

रास्वपा बैठकमा उठ्यो प्रश्न- ग्यासको आपूर्ति बढाउँदा पनि किन अभाव देखियो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सांसदहरुले वैशाख महिनामा बजारमा करिब २२ लाख

अझै सुरु भएन प्रतिनिधिसभा बैठक

काठमाडौं– प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै

कोशीमा सत्तासहकार्य टुटेपछि कांग्रेसले समर्थन फिर्ता लियो

विराटनगर- कोशी प्रदेशमा सत्तासमीकरण फेरिएसँगै नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन

भन्सार छली गरी ल्याएको सुनसहित एकजना पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-१ बाट भन्सार छली गरी ल्याएको ८१ ग्राम ८