जनपक्षीय पत्रकारिता र प्रगतिवादी सांस्कृतिक आन्दोलनमा सेनको भूमिका अतुलनीय : अध्यक्ष प्रचण्ड « Khabarhub

जनपक्षीय पत्रकारिता र प्रगतिवादी सांस्कृतिक आन्दोलनमा सेनको भूमिका अतुलनीय : अध्यक्ष प्रचण्ड


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पत्रकार एवं साहित्यकार कृष्ण सेन ‘इच्छुक’ को २०औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले चार पत्रकारलाई पुरस्कृत गरेको छ । ‘कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ बाट संगठनका संस्थापक अध्यक्ष तथा इन्चार्ज महेश्वर दाहाल र संस्थापक सदस्य तथा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष गोविन्द आचार्य पुरस्कृत भएका हुनहो । 

 इच्छुकको २०औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले पुरस्कार प्रदान गरेका छन् । उनले जनपक्षीय पत्रकारिता, प्रगतिवादी सांस्कृतिक आन्दोलनमा सेनले निर्वाह गरेको भूमिका उच्च र अतुलनीय रहेको बताए । सेनको आदर्श, नैतिक बल र निष्ठाले जो कसैलाई पनि नतमस्तक बनाएको छ भने उनको  बलिदानीले पार्टी, क्रान्ति र समग्र आन्दोलनलाई अपुरणीय क्षति पुर्‍याएको अध्यक्ष दाहालले बताए।

सेन त्याग, तपस्या र बलिदानको प्रतिमूर्तिका रुपमा थिए तर, पछिल्ला समय पार्टीका नेता कार्यकर्तामा त्यागको भावना हराउँदै गएकामा उनले चिन्ता व्यक्त गरे । राजनीतिको कठिन मोडमा सेन पार्टी र जनताका पक्षमा निर्भीकताका साथ उभिएको स्मरण गर्दै अध्यक्ष दाहालले सेनले चलाएको कलमले नेपालको राजनीतिक परिवर्तनमा ठूलो भूमिका निर्वाह गरेको छ भने । 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ६ : १२ बजे

भोटेकोशीमा पानी घट्यो : रसुवा, नुवाकोट र धादिङमा बाढीको खतरा टर्‍यो

काठमाडाैँ – उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय