सर्वोच्चले फैसला उल्टाएपछि सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ | Khabarhub Khabarhub

सर्वोच्चले फैसला उल्टाएपछि सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् ।

बिहीबार कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय घटाउने फैसला सर्वोच्च अदालतले उल्ट्याइदिएपछि फरार रहेका कोइरालालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले जानकारी दिए । 

हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलासले गरेको फैसला बिहीबार सर्वोच्च अदालतले उल्टाएसँगै कोइराला फरार थिए । 

कोइरालालाई श्रीमती हत्या अभियोगमा कैद छुट दिँदै २० वर्षको जन्मकैदलाई साढे ८ वर्षमा झार्ने राणासहितको इजलासको फैसला सर्वोच्चले उल्टाएको थियो । कोइराला साढे ८ वर्ष कैद भुक्तान गरेर रिहा भएका कारण अब उनले साढे ११ वर्ष कैद भुक्तान गर्नु पर्ने छ । कोइरालाले श्रीमती गीताको काठमाडौंमा हत्या गरि पालुङ पुर्‍याएर जलाएका थिए ।  

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ७ : २१ बजे

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रे– बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा– अविरल वर्षाका कारण बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे– मार्तडी

बलिउडका धेरै नायक असभ्य भएको कंगनाको आरोप

काठमाडौं – बलिउडकी अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले पुनः एकपटक

कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन : ऊर्जामन्त्री खड्का

काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले काम गर्ने कर्मचारीलाई

रजनीकान्त र लोकेशको ‘कुली’ले बक्स अफिसमा कायम गर्‍यो नयाँ रेकर्ड

काठमाडौं – बलिउड र दक्षिण भारतीय सिनेमाको चर्चित अभिनेता रजनीकान्त