हरित हाइड्रोजन प्रविधिको प्रवद्र्धन गर्न विद्युत प्राधिकरण र काठमाडौँ विश्वविद्यालय बीच सहकार्य « Khabarhub

हरित हाइड्रोजन प्रविधिको प्रवद्र्धन गर्न विद्युत प्राधिकरण र काठमाडौँ विश्वविद्यालय बीच सहकार्य


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा- नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ विश्वविद्यालयबीच हरित हाइड्रोजन प्रविधिको प्रवद्र्धनमा सहकार्य गर्ने सहमती भएको छ ।

अर्थतन्त्रमा योगदान पुर्याउन र जलविद्युत्को राम्रो उपयोग गर्न यस्तो सहमति भएको हो । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । यो सम्झौता हस्ताक्षर भएको मितिदेखि ५ वर्षसम्म रहनेछ ।

यो समझदारीले मुख्यत: नेपालमा हरित हाइड्रोजन प्रविधिको उत्थान गर्न नेपाल विद्युत् प्राधिकरण र सरकारको चासोसँग सम्बन्धित ज्ञान, विशेषज्ञता र जनशक्तिको विकास गरी नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रवद्र्धन गर्नेछ । प्राधिकरणको गत वैशाख ७ गते बसेको ९०७ औँ बोर्ड बैठकले स्वीकृत गरेको ‘घरेलु अर्थतन्त्रमा योगदान र जलविद्युत्को राम्रो उपयोगका लागि नेपालमा पाइलट हरित अमोनिया उत्पादन’सम्बन्धी काठमाडौँ विश्वविद्यालयबाट प्रस्तावित परियोजना प्रस्तावलाई पनि दुवै पक्षले औपचारिकता दिएका छन् ।

दुवै पक्षबीच हरित हाइड्रोजन प्रविधिको अनुसन्धान गर्न, ग्रीडको गुणस्तर र विश्वसनीयता सुधार गर्न हाइड्रोजन प्रविधिको प्रयोग, हिउँदे मौसममा ऊर्जा भण्डारणका साथै नेपालमा जलविद्युतको उचित सदुपयोग गर्न क्षमता विकास गर्ने सहमति भएको काठमाडौँ विश्विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ८ : ११ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन