क्यान्सर रोगको जोखिम र समयमै उपचार गर्दाको फाइदा | Khabarhub Khabarhub

क्यान्सर रोगको जोखिम र समयमै उपचार गर्दाको फाइदा



क्यान्सरमध्ये फोक्सोको क्यान्सर विश्वमा नै धेरै बढेको पाइन्छ। यो क्यान्सर महिला र पुरुष दुवैमा हुनेगर्छ। पछिल्लो समय पुरुषमा यो समस्या धेरै देखिने गरेको छ। जब फोक्सोका कोषिकाहरुले असामान्य वृद्धि भएर आफनो काममा नै परिवर्तन ल्याउछन्। त्यसपछि फोक्सोको क्यान्सरको जन्म हुन्छ।

फोक्सोको क्यान्सरमा फोक्सो बनाउने कोषहरु अप्राकृतिक रुपमा संख्यात्मक रुपमा बढ्न थाल्छन्। केही समयमै तीव्र रुपमा पलाउन थाल्छन्। त्यसपछि फोक्सोले आफ्नो काम गर्न सक्दैन र क्यान्सर नजिकका गिर्खामा र अगंहरुमा फैलिन थाल्छन्। फोक्सोको क्यान्सर प्राथमिक र माध्यमिक गरेर दुई प्रकारमा विभाजन गरिएको हुन्छ।

प्राथमिक क्यान्सर फोक्सोकै कोषबाट जन्मिन्छ भने माध्यमिक क्यान्सर शरीरका अन्य अगंबाट प्रसारित भएर फोक्सोमा आउने गर्छ। नेपालमा पनि फोक्सोको क्यान्सर धेरै बढीरहेको छ। पुरुषमा हुने ‘हेड एन्ड नेक’ क्यान्सरपछि दोस्रो नम्बरमा फोक्सोको क्यान्सर हुने गरेको छ। २० वर्ष मुनिका मानिसमा पनि यो क्यान्सर भएको पाइन्छ।

फोक्सोको क्यान्सर हुने कारण
फोक्सोको क्यान्सर हुने मुख्य कारण त धुम्रपान मानिन्छ। साथै अरु सुर्तीजन्य पदार्थको सेवनको कारण पनि हुन्छ। आज भोलि महिलामा पनि फोक्सोको क्यान्सर धेरै बढेको पाइन्छ। कहिले स्मोकिङ नगरेका महिलामा पनि यो समस्या पाइन्छ। प्यासीस्मोकिङको कारणले पनि स्मोकिङ नगर्ने मान्छेलाई पनि फोक्सोको क्यान्सर हुन्छ।

एक जना मान्छेले स्मोकिङ गर्छ। नजिकमा बस्ने मानिसको पनि एक्सपोजर त्यति नै हुन्छ। गाउँमा खाना पकाउन आगोमा बस्ने मानिसमा पनि फोक्सोको क्यान्सर देखिने गर्छ।

क्यान्सरका देखिने लक्षण
मुख्य रिक्स फ्याक्टर स्मोकिङ गरेको मान्छेको बडी, एज मुख्य कारण हो। लक्ष्यण के के देखा पर्छ त्यो जान्न जरुरी छ। कसैले धेरै लामो समय खोकी लागिरहँदा पनि डाक्टरलाई देखाउनु हुन्न।

जसले गर्दा क्यान्सर चौथौ स्टेपमै पुग्छ। लामो समय खोकी लाग्ने, खकारमा रगत देखिनु, छाती दुख्ने, हिड्दा सास बढ्नु फोक्सोको क्यान्सरका सुरुवाती लक्ष्यण हुन्।

यस्ता लक्ष्यण देखिनासाथ तुरुन्तै नजिकको अस्पतालमा गएर छातीको एक्सरे गर्दा धेरै कुरा थाहा पाउन सकिन्छ।

कुन उमेर समूहमा बढी
करिब ५० वर्ष भन्दामाथिको उमेर समूहमा यो क्यान्सर बढी देखिने गर्छ। तर, अहिलेको समयमा २० वर्ष भन्दामाथिको उमेर समूहका मानिसमा पनि यो रोग धेरै बढेको छ।

ननस्मोकरमा पनि फोक्सोको क्यान्सर धेरै बढेको छ। अहिलेको समयमा फोक्सोको क्यान्सर बढ्नुको मुख्य कारण भनेको प्रदूषण हो।

उपचार नगर्दाको जोखिम
फोक्सोको क्यान्सरमा करिब ८० प्रतिशत त हामीले चौथो स्टेजमै पाएका छौँ। २० प्रतिशत बिरामी मात्र सुरुवाती चरणमा पाएका छौँ।

यसको मुख्य कारण त सावधानी नअपनाउनु हो। अहिले धेरै स्वास्थ्य जाँचमा फोकस गर्ने भएकाले सुरुवाती चरणमा थाहा पाउन सकिन्छ। छाती एक्सरे गर्यो भने ट्युमर छ छैन भनेर पत्ता लगाउन सकिन्छ।

यदि छ भने बिरामीहरुलाई सर्जरी गरेर पनि निको बनाउन सकिन्छ। तर, चौथौ स्टेजमा छ भने निको बनाउन सकिँदैन। किमोथेरापीबाहेक अहिले धेरै नया ट्रिटनेन्ट आएको छ।

हामी धेरै लामो समयसम्म किमोथेरापीबाहेक पनि धेरै लामो समय ट्रिटनेन्ट गरेर चारदेखि पाँच वर्षसम्म पनि बिरामीलाई बचाउन सकिन्छ।

फोक्सोको क्यान्सरका प्रकार
यहाँ मेजोरिटी बिरामी नै आउनु हुन्छ। क्यान्सरको चौथौ स्टेजनै डिटेक्ट गर्छु। म यहाँ प्राक्टिस गरेको पाँच वर्ष भयो। सुरुदेखिको बिरामी आज पनि आएर केमोथेरापी गर्नु हुन्छ। आजकाल नयाँनयाँ ट्रिटमेन्ट थेरापी भित्रिएको छ।

यी थेरापीको रिजल्ट पनि एकदमै राम्रो आएको छ। फोक्सोको क्यान्सर पनि तीन प्रकारको हुन्छ। एग्रेसिभ स्मोकरको दुई वटा प्रकार हुन्छ। नन स्मोकरमा एडिनम कासिनोमा भन्ने हुन्छ। एडिनम कासिनोमा धेरै प्रकारको ट्रिटनेन्टमा थेरापी हुन्छ।

केमोथेरापीबाहेक, टारगेटेट थेरापी, एमिनोथेरापी हुन्छ। तर, कुन औषधिले काम गर्छ, कुन थेरापीले काम गर्छ भनेर निस्चित मोलिकुलर टेस्ट गरेर मात्र थाहा हुन्छ। ट्युमर देखिने बित्तिकै हामीले बाएस्पी गर्छौ।

बायप्सीको नमूना इन्डिया पठाएर जेनेटिक एनलाइसिस गर्छौ। जेनेटिक एनलाइसिस गरेपछि कुन मेडिसिनले बिरामीलाई राम्रो काम गर्छ, त्यो थाहा हुन्छ। यो थाहा भयो भने बिरामीको लाइफ एक्सपेटेन्सी र सिम्टम कन्ट्रोल इन्प्रुभमेन्ट हुन्छ।

पहिले चौथौ स्टेजको बिरामी ६ महिना एक वर्ष मात्र बाच्थे। तर, अहिले पाँच छ वर्षसम्म बाँच्न सक्नु हुन्छ।

उपचारको प्रक्रिया
जुन क्यान्सर पनि डिटेक्ट गरेपछि एक जना डाक्टरले मात्र निर्णय गर्ने होइन। हाम्रो मेडिसिटी हस्पिटलमा रेगुलरली टिमवर्क बोर्ड मिटिङ गर्छौ।

नयाँ बिरामी आउदाँ के गर्ने ? कसरी डायग्नोसिक गर्ने भनेर मल्टिडिसिपलरी मिटिङमा छलफल गर्छौ। कुन बिरामीको लागि कुन उपचार ठिक हुन्छ ? कुन बिरामीलाई केमोथेरापी गर्ने, टारगेटेट थेरापी गर्ने, रेडियो थेरापी गर्ने भनेर टिमवर्क बोर्ड मिटिङ गरेर डिसिजन लिन्छौ।

चौथौ स्टेपको बिरामीले कति समय उपचार गर्ने ? फरक फरक ट्रिटमेन्टको फरक फरक प्रोटोकल हुन्छ। सर्टेन किमो थेरापी हप्ता हप्तामा दिने, ३ हप्तामा दिने वा १५ दिनमा दिने हुन्छ। कुन बिरामीलाई कुन मेडिसिन दिइराखेका छौ भन्ने महत्वपूर्ण हुन्छ। हामीले सर्टेन फयाक्टरमा ध्यान दिनुपर्ने हुन्छ।

बिरामीको उमेर हेर्नु पर्ने हुन्छ। कम उमेरको छ भने हिट हार्ड दिनुपर्ने हुन्छ। केमोथेरापी, टारगेटेट थेरापी सबै कम्बिनेसनमा दिनुपर्छ। धेरै उमेरको बिरामी छ भने हप्ता हप्तामा केमोथेरापी गर्नुपर्छ।

केमोथेरापीको असर
पहिले भन्दा अहिले धेरै परिवर्तन भएको छ। कसैले केमोथेरापी भन्ने बित्तिकै डराउनु हुन्छ। केमोले ज्यानै जान्छ भन्ने पनि सोच्नु हुन्छ। तर, आजभोलि केमोथेरापी दिदाँ धेरै सावधानी अपनाउँछौ। बान्ता नहुने औषधि दिन्छौ यो सबै दिएर केमो दिन्छौ।

केमोथेरापीले कसैको ज्यान जाँदैन। डराउनु पर्दैन। मेडिसिटी अस्पतालमा हामीले ९० वर्षको बिरामीको फोक्सोको क्यान्सरको केमो दिएका थियौँ। बिरामीको उमेर भन्दा पनि अवस्था हेरेर केमो दिइन्छ। बिरामीले खाना खाने, हिडडुल गर्न सक्ने भए उमेर नहेरी उपचार गरिन्छ।

बिरामीको हेरचाह कसरी गर्ने ?
क्यान्सर बिरामीको लागि धेरै सर्पोट चाहिन्छ। बिरामीको हेरचाहदेखि उपचारसम्म परिवारको साथ महत्वपूर्ण हुन्छ। बिरामीको लागि धेरै महंगो औषधि पनि चाहिन्छ।

टारगेटेट थेरापीको लागि धेरै महंगो औषधि चाहिन्छ। बिरामीको टेस्ट गरेर मेडिसिन दिने कुरामा महंगो हुने भएकाले परिवारले ट्रिटमेन्ट गर्न सक्नुहुन्न। यस्तो बिरामीको हामीले फरक योजना गर्नुपर्ने हुन्छ।

बिरामीले कस्तो खानेकुरा खाने ?
केमो गरेको बिरामीको डाइट एकदमै राम्रोसँग हुनुपर्छ। हाई प्रोटिनयुक्त खानेकुरा खानुपर्छ। केमो गरिरहेको बिरामीमा डाइबिटिजको समस्या छ कि छैन, त्यो हेरेर डाइट प्लान गर्नुपर्छ।

के खानेकुरा खाने के नखाने भन्ने हुँदैन। केमो लगाएको बिरामी ह्वाइट ब्लडको कमी हुने भएकाले काँचो फलफूल खान मिल्दैन। यसले इन्फेक्सन गराउँछ। धेरै चिल्लोे पिरो खानेकुरा नखान आग्रह गर्छु।

समस्या आउन नदिन के गर्ने ?
सबैभन्दा पहिले त हेल्दी लाइफस्टाइल जिउने कोशिस गर्नुपर्छ। लक्षण देखिनासाथ अस्पताल जानुपर्छ। साथै हेल्दी डाइट लिने।

एक्सरसाइज गर्ने धुम्रपान, मद्यपान नगर्ने गरियो भने बच्न सकिन्छ। क्यान्सर लाग्यो भने जतिसक्दो छिटो उपचार गरियो भने निको हुन्छ। (डा. पंकजराज बर्मनसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

https://www.facebook.com/watch/?v=2836896783282326

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ७ : ४४ बजे

प्रधानमन्त्रीको प्रश्न- वन मन्त्रालयका कर्मचारी लर्को लागेर बाकु किन गएका ?

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै सक्षम र

‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ नै समस्याग्रस्त !

काठमाडौं – सहकारीमा देखिएका समस्या समाधान गर्दै पीडितलाई कसरी न्याय

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासकाबिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छ : प्रचण्ड 

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता र

उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखकले आसन्न स्थानीय तह उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र

सिरहाको कर्जन्हाका पूर्वमेयर पासवान र प्रशासकीय अधिकृतसहित पाँचजना भ्रष्टाचारी ठहर

काठमाडौं- सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवान र प्रमुख