दुबई दुर्घटनापछि आर्मेनियाले भारतसँग तेजस जेट खरिद वार्ता रोक्यो « Khabarhub

दुबई दुर्घटनापछि आर्मेनियाले भारतसँग तेजस जेट खरिद वार्ता रोक्यो


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- आर्मेनियाले भारतसँग गर्न लागेको तेजस फाइटर जेट खरिद वार्ता रोकिदिएको छ। इजरायली पत्रिका जेरुसेलम पोस्टका अनुसार २१ नोभेम्बरमा दुबई एयर शोका क्रममा भारतीय वायुसेनाको तेजस विमान दुर्घटना भएपछि यो निर्णय गरिएको हो। दुर्घटनामा भारतीय पाइलट विङ्ग कमान्डर नमांश सियालको मृत्यु भएको थियो।

आर्मेनिया करिब १.२ अर्ब डलर अर्थात् झन्डै १० हजार करोड रुपैयाँमा १२ वटा तेजस विमान भारतसँग किन्न तयार थियो।

यो सम्झौता अन्तिम चरणमा पुगेको मानिएको थियो । सम्भावित रूपमा तेजसको पहिलो अन्तर्राष्ट्रिय सम्झौता बन्ने थियो। तर हालसम्म आर्मेनिया र भारत दुवै सरकारले यसबारे कुनै औपचारिक टिप्पणी गरेका छैनन्।

तेजसको विशेषता

भारतीय वायुसेनामा रहेका प्रमुख फाइटर जेटमध्ये सुखोई एसयु-३० एमकेआई, राफेल, मिराज, मिग-२९ र तेजस पनि पर्छन्।

हल्का र आधुनिक प्रविधियुक्त भएकाले तेजस अलगै पहिचान राख्ने भारतको दाबी छ। यसमा इजरायलको ईएल/एम-२०५२ रडार जडान गरिएको छ, जसले एकैपटक १० लक्ष्य ट्र्याक गर्दै प्रहार गर्न सक्ने बताइन्छ ।

तेजसलाई भारतीय वायुसेनाका पुराना मीग-२१ विमानहरूलाई प्रतिस्थापन गर्न बनाइएको हो। हालसम्म वायुसेनाले ४० वटा तेजस प्राप्त गरिसकेको छ।

यसको उन्नत संस्करण तेजस एआई निर्माण भइरहेको छ । जसमा आईएआई-ईएलटीको एईएसए रडार, इलेक्ट्रोनिक वारफेयर सिस्टम, एल्बिटको हेल्मेट-माउन्टेड डिस्प्ले र राफेलको डर्बी मिसाइल जडान गरिनेछ।

दुबई एयर शोमा दुर्घटना

दुबई एयर शोको अन्तिम दिन एरियल डिस्प्ले भइरहेको थियो। कम उचाइमा म्यानुभर गर्दै गरेको तेजस अचानक तल झर्‍यो । केही सेकेन्डमै जमिनमा ठोक्कियो।

ठोक्किएलगत्तै विमानमा आगो लागेर पाइलटको घटनास्थलमै मृत्यु भयो। मार्च २०२४ मा राजस्थानको जैसलमेरमा पनि तेजस दुर्घटना भएको थियो । त्यसबेला पाइलट सुरक्षित जोगिन सफल भएका थिए।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ११ : ४८ बजे

स्वर्णिमले बिजुलीमा भ्याट लगाए, अब विराजभक्तले महसुल घटाउँदै

काठमाडौं- चालु आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिजुलीमा

वालेन्द्रको खोजी भएपछि रविको जवाफ : कुरा गरेको छु, अर्को बैठकदेखि आउनुहुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् संसदीय

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी