साउदीमा अलपत्र ११ नेपाली युवा ४ महिनादेखि उद्धारको पर्खाइमा « Khabarhub

साउदीमा अलपत्र ११ नेपाली युवा ४ महिनादेखि उद्धारको पर्खाइमा

प्रतिबद्धता जनाए अनुसार म्यानपावरले काम गरेन 



दोहा – वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका झापाका ११ जना नेपाली कामदार अलपत्र परेका छन् । उनीहरू करिब ७ महिनाअघि मात्र साउदी अरब पुगेका थिए ।

काठमाडौँको चक्रपथमा रहेको रिलायन्स रेक्रुइटमेन्ट सर्वेसेज प्रालिमार्फत आएको र सम्झौता अनुसारको काम र तलब नपाएको झापा मेचीनगर – १४ का साजन राजवंशीले गुनासो सुनाए ।

म्यानपावरकी सञ्चालिका सरिता घले र एजेन्ट धकबहादुर राउतलाई प्रति व्यक्ती १ लाख ४० हजारदेखि १ लाख ८० हजारसम्म बुझाएर साउदी आएकाहरू दमाममा रहेको क्यापिटल फोर सेल्स सप्लायर्स कम्पनीमा पुगेका थिए ।

‘हामी यहाँ आएको सात महिना भयो, कम्पनीमा तीन महिना काम गर्‍यौ, अहिले चार महिनादेखि उद्धारको पर्खाइमा छौ ,’ साजनले खबरहबसँग भने, ‘ खाने पैसा पनि छैन अहिले हामी मर्नु न बाच्नुको अवस्थामा छौँ हामीलाई छिटो उद्धार गर्नुहोस्।’

हाल कम्पनीले काममा नलगाई एउटा लेबर क्याम्पमा राखेको उनीहरूको भनाइ छ । ‘न कम्पनीले काम दिएको छ न पैसा, हामी नेपालबाट चर्को ब्याजमा ऋण काढेर आएका हौ, यहाँको पैसाले खानै पुग्दैन ,’पूर्ण कुमार तामाङ प्रश्न गरे, ‘नेपालमा परिवारलाई के पठाउने ?’

म्यानपावरकी सञ्चालिका सरिता घलेले वैदेशिक रोजगार विभावलाई लिखित जबाफसहित प्रतिबद्धता पत्र लेखी १५ दिनभित्र करार बमोजिम काम र तलब दिने बाचा गएको भए पनि भाका टरिसकेको पीडितहरूले बताएका छन् ।

१७ मध्ये ७ जनालाई मात्र म्यानपावरले काममा लगाएर आफूहरूलाई चार महिनादेखि कोठामै आधा पेट खान दिएर राखेको उनीहरूको भनाइ छ । पछिल्लो समय म्यानपावरकी सञ्चालिका घलेलाई पटक-पटक सम्पर्क गर्दा फोन नउठाउने गरेको पीडितहरू बताउँछन् ।

त्यहाँस्थित नेपाली दूतावासलाई आफूहरूको समस्या राख्दा पनि कुनै सुनवाइ नगरेको उनीहरूले बताए । आफूहरू विगत लामो समयदेखि कामविहीन भएर बस्नु परेको भन्दै आफूहरूलाई सकुशल स्वदेश फर्कने वातावरण मिलाइदिन उनीहरूले यसै सञ्चार माध्यममार्फत श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, नेपाली दूतावास लगायत सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

करिब एक महिना अघि मात्र खबरहबसँगको कुराकानीमा म्यानपावर सञ्चालिका सरिता घलेले अलपत्र नेपाली युवाको समस्या थाहा पाएपछि कम्पनीलाई जानकारी गराएको बताएकी थिइन् ।

उनले त्यति बेला आफू सम्पर्कमा रहेको र समस्या समाधानका लागि पहल गरिरहेको बताएकी थिइन् । तर, अहिले महिना दिन बित्न लाग्दा समेत उनीहरूको समस्या जस्ताको त्यस्तै रहेको पाइएको छ । यो समाचार तयार पार्दा सम्पर्क गर्दा भने उनी बोल्नै मानिनन् ।

यस्तो छ म्यानपावरले वैदेशिक रोजगार विभावलाई लेखेको लिखित प्रतिबद्धता पत्र :

यी हुन् साउदीमा अलपत्र पर्ने ११ नेपाली युवा : 
साजन राजवंशी
पंजक राजवंशी
तुल बहादुर माझी
रामु खाडीया
रबिन खडिया
इन्द्र धिमाल
पूर्ण कुमार तामाङ
अशोक विश्वकर्मा
भेषराज तिम्सिना
कलाम महम्मद
कुमार राई

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ६ : ५१ बजे

कोइराला निवासका लागि छुट्याइएको २ करोड रुपैयाँ लिन मानेनन् शेखरले 

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका