जब केट मिडलटन शिरदेखि पाउसम्म आर्मी गियरमा प्रकट भइन्… « Khabarhub

जब केट मिडलटन शिरदेखि पाउसम्म आर्मी गियरमा प्रकट भइन्…


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायतको सशस्त्र बल दिवसमा बेलायती राजकुमार विलियमकी पत्नी डचेस अफ क्याम्ब्रिज केट मिडलटनले पूर्ण रुपमा सैन्य पोसाक लगाएको फोटो सेयर गरेकी छन् ।

इस्टाग्राममा सेयर गरिएको उक्त तस्बिरमा केट मिडलटन टाउकोदेखि खुट्टासम्म आर्मी गियरमा देखिन्छिन् । एउटा सैन्य उपकरणको निरीक्षण गर्ने क्रममा उनी थोरै झुकेको देखिन्छिन् । त्यसपछि पोस्ट गरिएको अर्को तस्बिरमा उनी ट्यांकमा बसेर हेलमेट लगाएकी देखिन्छिन् । दोस्रो तस्बिरमा उनको घाँटी मात्र देखिन्छ ।

तस्बीरको क्याप्सनमा उनले लेखेकी छन्, ‘आज सशस्त्र सेना दिवसको अवसरमा विगत र वर्तमानमा हाम्रा सबै सशस्त्र सेनामा, समुद्रमा र भूमिमा सेवा गरिरहेका बहादुर पुरुष र महिलाहरूलाई राजकुमार विलियम र म श्रद्धान्जलि दिन चाहन्छौं ।  हामीलाई सुरक्षित राख्नको लागि तपाईँ र तपाईँका परिवारहरूले बलिदान गर्नुभएकोमा धन्यवाद । ’

उनले ब्रिटिस एकेडेमीमा सेवा गर्ने कर्मचारी र नयाँ भर्तीहरूलाई कसरी तालिम दिन्छन् भनेर हेर्नको लागि समय बिताउन पाउँदा आफूलाई गर्व लागेको बताइन् ।

‘हामी सबैको सुरक्षाको लागि सेनाले खेलेको धेरै महत्त्वपूर्ण र विविध भूमिकाहरू फस्ट हेन्ड देख्न पाउँदा अद्भुत थियो ’,उनले लेखेकी छन् । केट मिडलटनका श्रीमान राजकुमार विलियम बेलायतको राजगद्दीको उत्तराधिकारीमा दोस्रो वरियता क्रममा छन् ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ७ : २६ बजे

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

दमौली– अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली