माधव नेपाललाई योगेशको शुभकामना : दुई सय वर्ष बाँच्नूहोस्, पद नछोड्नूहोस् | Khabarhub Khabarhub

माधव नेपाललाई योगेशको शुभकामना : दुई सय वर्ष बाँच्नूहोस्, पद नछोड्नूहोस्


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पदमा बसिरहन शुभकामना दिएका छन् ।

नेता नेपालले तत्कालीन नेकपाको विवादमा पार्टी परित्याग नगरेका भट्टराईलगायतका नेतालाई केही दिन अघि ‘दास’को संज्ञा दिएपछि एमाले नेता भट्टराईले दुई सय वर्ष बाँच्न भन्दै पदमा बसिरहन शुभकामना दिएका हुन् ।

पार्टी कार्यक्रममा काठमाडौँबाट धनगढी हवाई यात्राको जाने क्रममा ‘कमरेड माधव नेपाल र म’ शीर्षकमा दुई जना बिचको सबन्धका बारेमा भट्टराईले उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् :

कमरेड माधव नेपाल र म !

कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्दा र अशिष्ट टिप्पणी गर्नु भयो उहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ति फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनउपयोगी जवाफ फर्काए । समाजवादीका युवाहरूको चित्त दुखेछ  ! माफ गर्नुहोला तपाईँहरूको चित्त दुखाउनु मेरो मनसाय होइन । अब उनीहरू खुसी हुने गरी म भन्न चाहन्छु – कमरेड माधव नेपाल दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !

कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केही कुरा:
 
१. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यति बेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।  

२. वहाँमा थुप्रै राम्रा गुणहरू छन् जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै विरोध गरेको छु । वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाव रहेका छन् र यो जारी रहने छ ।  

३. नेकपा एमालेको पाँचौँ महाधिवेशन ९ २०४९ ० मा वहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनवादका पक्षमा खुल्नु भएको हो । हामी सुरु देखिनै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौ । 

४. छैँटौँ महाधिवेशनमा वहाँ पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन वहाँलाई थिएन । 

५. सातौँ महाधिवेशनबाट वहाँ पुन पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन वहाँलाई थियो ।  

६. आठौँ महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नु भयो । हामी वहाँसँग लागेनौ ।  

७. नवौँ महाधिवेशनमा उहाँ पुरानै धारमा फर्कनु भयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौँ । जित्नु भएन ।  

८. प्रधानमन्त्री केपी ओलीका विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन ।  

९. नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिने । त्यसमा मलाई पछुतो छैन ।  

१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । वहाँ पार्टीको महासचिव । वहाँ र मेरो बिचमा समस्या उत्पन्न भयो । वहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजीनामा गरिदिएँ ।  

११. म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरूले मलाई व्यक्ति, घटना र विषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरूप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यही मार्क्सवादी दृष्टिकोणबाट हेर्ने गर्दछु । म कसैको अन्ध समर्थक र अन्ध विरोधी होइन ।  

‘पुनश्च : कमरेड माधव नेपालसँग सवाल जवाफ गर्नु  मेरो मनसाय होइन ।’ अन्त्यमा उनले भनेका छन् ।

 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ९ : ४३ बजे

बेलायतका तीन पूर्व विदेश सचिवले गरे सुकीको रिहाइको माग 

लन्डन– बेलायतका तीन पूर्व विदेश सचिवले आङ सान सुकीको रिहाइको

साङ्लाले रेशमको खुट्टा बाँधेको फोटो हाल्दै रञ्जिताले लेखिन–हामीलाई विभेद भएको रहेछ

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना श्रीमान् रेशम

बामदेव एमालेमा भित्रिए पार्टी क्षतिग्रस्त हुन्छ

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेभित्र आन्तरिक लोकतन्त्रको विषयले व्यापक

वन सम्पदाको उपयोगबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री शाही

काठमाडौं – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई समृद्धिसँग

रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी

मस्को– युक्रेनी ड्रोन र छिमेकी रुसी क्षेत्रमा क्षेप्यास्त्र आक्रमण हुँदा