आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध « Khabarhub

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको आन्दोलनको क्रममा आयोगको टङ्गाल कार्यालय तथा मातहतका कार्यालयहरु (इटहरी, हेटौडा, पोखरा, बुटवल लगायत) मा भएको तोडफोड, आगजनी र चोरीका घटनाबारे सार्वजनिक सूचना जारी गरेको छ।

आयोगका अनुसार आन्दोलनको क्रममा सवारी साधन (चार पाङ्ग्रे र दुई पाङ्ग्रे), टेलिभिजन, कम्प्युटर सेट, माइक्रो ओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, पडा लगायतका सामग्रीहरु लुटपाट र चोरी भएका छन्।

उक्त घटनामा संलग्न व्यक्तिहरूलाई सीसीटीभी फुटेजमार्फत पहिचान गर्ने प्रक्रिया अघि बढिरहेको आयोगले जनाएको छ। यदि कसैले आयोग वा मातहत कार्यालय परिसरबाट यस्ता सामान लिएको वा प्राप्त गरेको भए काठमाडौको हकमा प्रहरी वृत्त मालीगाउँ वा आयोगको टङ्गाल कार्यालयमा, र मातहत कार्यालयको हकमा सम्बन्धित कार्यालय वा नजिकको प्रहरी कार्यालयमा फिर्ता बुझाइ दिन आग्रह गरेको छ । फिर्ता नगरे कानुन बमोजिम कारबाही गर्ने आयोगले चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १० : ३१ बजे

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल

दर्ता नभएका फार्मेसीमा औषधि बिक्री वितरण नगर्न विभागको निर्देशन 

काठमाडौं– औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा

चीन र स्विटजरल्यान्डले दिने अनुदान रकम स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले उत्तरी छिमेकी चीन र युरोपेली मुलुक स्विटजरल्यान्डबाट प्राप्त