इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी « Khabarhub

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी


२९ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै शीर्ष स्थानमा उक्लिएको छ। बर्नलीको घरेलु मैदानमा आइतबार सम्पन्न खेलमा मोहमद सालाहले इन्जुरी टाइममा पेनाल्टी गोल गर्दै टोलीलाई १–० को जित दिलाएका हुन्।

खेलको ९४औं मिनेटमा लेस्ले उगोचुक्वुले दोहोरो पहेँलो कार्ड पाउँदा बर्नली अन्तिम क्षणमा १० खेलाडीमा सिमित भयो। त्यसबेला लिभरपुलले साविक विजेता बर्नलीमाथि दबाब बनाएको थियो। अन्तिम इन्जुरी टाइममा बर्नलीका हानिबोलले ह्यान्ड गरेको कारण लिभरपुलले पेनाल्टी पाए र त्यसलाई सालाहले गोलमा परिणत गरे।

सालाहले गरेको यो गोलसँगै प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा उनी चौथो स्थानमा पुगेका छन्। हालसम्म सालाहले लिगमा १८८ गोल पूरा गरिसकेका छन् र यसरी उनले आन्द्रे कोललाई पछाडि पारेका छन्।

यस जितसँगै लिभरपुलले आफ्नो शतप्रतिशत जितको यात्रा कायम राख्दै प्रिमियर लिगको शीर्ष स्थानमा मजबुत स्थिति बनाएको छ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  १० : ५२ बजे

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान