इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी « Khabarhub

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै शीर्ष स्थानमा उक्लिएको छ। बर्नलीको घरेलु मैदानमा आइतबार सम्पन्न खेलमा मोहमद सालाहले इन्जुरी टाइममा पेनाल्टी गोल गर्दै टोलीलाई १–० को जित दिलाएका हुन्।

खेलको ९४औं मिनेटमा लेस्ले उगोचुक्वुले दोहोरो पहेँलो कार्ड पाउँदा बर्नली अन्तिम क्षणमा १० खेलाडीमा सिमित भयो। त्यसबेला लिभरपुलले साविक विजेता बर्नलीमाथि दबाब बनाएको थियो। अन्तिम इन्जुरी टाइममा बर्नलीका हानिबोलले ह्यान्ड गरेको कारण लिभरपुलले पेनाल्टी पाए र त्यसलाई सालाहले गोलमा परिणत गरे।

सालाहले गरेको यो गोलसँगै प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा उनी चौथो स्थानमा पुगेका छन्। हालसम्म सालाहले लिगमा १८८ गोल पूरा गरिसकेका छन् र यसरी उनले आन्द्रे कोललाई पछाडि पारेका छन्।

यस जितसँगै लिभरपुलले आफ्नो शतप्रतिशत जितको यात्रा कायम राख्दै प्रिमियर लिगको शीर्ष स्थानमा मजबुत स्थिति बनाएको छ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १० : ५२ बजे

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने