आईजीपी नियुक्तिविरुद्ध मुद्दाको आज सुनुवाइ हुँदै « Khabarhub

आईजीपी नियुक्तिविरुद्ध मुद्दाको आज सुनुवाइ हुँदै


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा सोमबार सुनुवाइ हुँदैछ। यसअघि असार ५ गते सुनुवाइ भएको मुद्दा आज सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलसामा सुनुवाइ भइरहेको मुद्दामा रिट निवेदक विश्वराज पोखरेलका तर्फबाट १३ जना कानुन व्यवसायीले बहस गरिसकेका छन्। उनीहरूले सिंहलाई आईजीपी बनाउने निर्णय गैरकानुनी रहेको दाबी गरेका छन्।

सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो। सोमबार प्रतिवादीका तर्फबाट बहस हुनेछ।

वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले २०७९ वैशाख १९ गतेसर्वोच्चमा रिट दायर गरेका थिए

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १० : ५८ बजे

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु