मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु  « Khabarhub

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – कास्कीको पोखरा महानगरपालिका–१३ गौडामुखमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमजुङ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१३ भद्रकाली बस्ने अन्दाजी ५३ बर्षीया जुना कुमारी गुरुङ रहेकी छन् ।

पैदलयात्री गुरुङलाई गए राति पौने १० बजे ग११प ७३८५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएकी गुरुङको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा राति साढे १२ बजे मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १० : ४२ बजे

आज २०८३ साल असार ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ८ गते सोमबार सन् २०२६

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा