मित्रराष्ट्रसँगको सम्बन्ध थप विस्तार भएको छ : परराष्ट्रमन्त्री | Khabarhub Khabarhub

मित्रराष्ट्रसँगको सम्बन्ध थप विस्तार भएको छ : परराष्ट्रमन्त्री


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री डा नारायण खड्काले वर्तमान सरकार गठन भएपछि मित्रराष्ट्रसँगको सम्बन्ध थप विस्तारित भएको बताएका छन् ।  राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सम्बन्धमा परराष्ट्र मन्त्रालयका सम्बन्धित शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाको विभिन्न देशको भ्रमण तथा मित्रराष्ट्रका सरकार प्रमुखको नेपाल भ्रमणले सम्बन्ध थप प्रगाढ र विस्तारित भएको बताएका हुन् ।

द्विपक्षीय भ्रमणको आदानप्रदानले सम्बन्ध थप विस्तारित भएको तथा नेपालको सार्वभौमसत्ता, अखण्डतामा कुनै पनि आँच आउन नदिइएको मन्त्री डा खड्काले स्पष्ट गरे । उनले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाल–भारतका बीचमा नसुल्झिएका सीमा समस्या समाधानका लागि सरकारले निरन्तर प्रयास गरीरहेको परराष्ट्रमन्त्रीले जानकारी दिए ।

सीमा क्षेत्रमा निर्माण गरिएका भौतिक पूर्वाधारका कारण नेपाली भूमि डुबानमा पर्ने अवस्थाको अन्त्यका लागि समेत सरकारले स्पष्ट दृष्टिकोणका साथ भारत सरकारलाई आग्रह गरिसकिएको उनको भनाइ छ । कोरोनाका कारण चीनमा अध्ययन गरिरहेका विद्यार्थीलाई सहजरूपमा अध्ययन गर्न जान दिनका लागि समेत सरकारले कूटनीतिक प्रयास गरेको र त्यसमा सफलता हासिल हुने क्रममा रहेको बताए ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले प्रयास गरिरहेको परराष्ट्रमन्त्रीले सदनलाई जानकारी दिए । यस्तै अफगानिस्तानमा मानवीय सहयोगका लागि पनि सरकारले प्रयास गरेको उनको भनाइ छ । मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवालाई प्रभावकारी र जनमैत्री बनाउन पहल गरिरहेको जानकारी पनि उनले दिए । 

राहदानी विभाग र कन्सुलर सेवालाई थप सेवाग्राहीमैत्री बनाइएको र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिएको बताए । सरकारले पहिलो पटक प्रा यदुनाथ खनाल प्रवचन शृङ्खला सुरु गरेको जानकारी दिँदै उनले केही दिन पहिले सो शृङ्खलाको पहिलो सत्र सम्पन्न भएको बताएका छन् । 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १२ : ३८ बजे

‘बाहिनीपति कप–२०८१’को उपाधि इलामलाई

सुनसरी – बाहिनीपति कप–२०८१ को उपाधि सशस्त्र प्रहरीबल नेपाल नं

गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन

गोरखा – पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन

बाटो खन्नेक्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु

गोरखा – बाटो खन्ने क्रममा ढुङ्गा खसेर यहाँको अजिरकोट गाउँपालिका–१,

अखिलबाट बिदा भएका विद्यार्थी नेताहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?

काठमाडौं – नेकपा माओवादी केन्द्रले विद्यार्थी राजनीतिबाट बिदा भएका नेताहरूको

फाइनल गुमाउँदा स्तब्ध नेपाल (तस्बिरहरु)

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमले अर्को फाइनलमा हार