सहमति जुटेपछि बागमती प्रदेशसभाको बैठक बस्दै « Khabarhub

सहमति जुटेपछि बागमती प्रदेशसभाको बैठक बस्दै


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अवरुद्ध हुँदै आएको  बागमती प्रदेशसभाको बैठक आज दिउसो १ बजे बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले  बैठक सञ्चालनका लागि सर्वदलीय बैठकमा राजनीतिक दलहरूसँग छलफल गरी सहमति जुटाउनु भएसँगै बैठक आजै दिनको १ बजे सञ्चालन हुने भएको हो ।

सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेट संशोधनका विषयमा दलहरूबिच सहमति भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।उनका अनुसार दलहरूबिच प्रदेश सरकारले ल्याएको बजेट संशोधन गर्ने र प्रदेशका १३ वटै जिल्लामा समानुपातिकरुपमा बजेट बाँडफाँट गर्ने विषयमा सहमति जुटेको हो ।

सहमति पछि अब नेकपा (एमाले) ले बैठक अवरोध नगर्ने भएको छ ।  प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी रहेको र सबै जिल्लालाई समान रुपमा सम्बोधन गर्न नसकेको भन्दै संशोधनको मागसहित उक्त दलले प्रदेशसभाको बैठक अवरुद्ध पार्दै आएको थियो ।

बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिए पनि अन्य जिल्लालाई नसमेटिएको भन्दै एमालेले बजेट संशोधन गरेपछि मात्रै संसद् सञ्चालन गर्न दिने अडान लिएको थियो ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १२ : ५५ बजे

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क

उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार : १० लाख धरौटी बुझाएर रिहा भए नवलकिशोर

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेका पूर्वनिमित्त महाप्रवन्धक नवलकिशोर साहलाई

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

काठमाडाैं – वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा