प्रत्येक गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराइने « Khabarhub

प्रत्येक गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराइने


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– चितवनको इच्छाकामना गाउँपालिकाले गर्भवती महिलाले गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराउने भएको छ । पालिकाभित्रको स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने गर्भवती महिलालाई  अण्डा उपलब्ध गराइने भएको हो ।

गर्भवती महिलालाई नियमित स्वास्थ्य संस्थामा आई गर्भ जाँच गराउनका लागि प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका उपाध्यक्ष माया सिलवालले बताएका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेटिएको उक्त कार्यक्रमका लागि बजेट विनियोजनसमेत गरिएको उपाध्यक्ष सिलवालले बताए ।

उनका अनुसार उक्त कार्यक्रमअनुसार प्रत्येक पटक गर्भवती जाँच गराउँदा एक क्यारेट अण्डा उपलब्ध गराइने छ । ‘हामीले  गर्भवतीलाई नियमित रुपमा स्वास्थ्य संस्थामा आई गर्भ जाँच गराउनका लागि प्रेरित गर्न प्रत्येक जाँचमा एक क्यारेट अण्डा कार्यक्रम ल्याएका हौँ, उक्त कार्यक्रमका लागि बजेट विनियोजन गरेका छौँ’, उपाध्यक्ष सिलवालले भने।

यसैबीच गर्भवतीलाइ निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने उपाध्यक्ष सिलवालले बताए । उनका अनुसार सबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर तथा ल्याब सञ्चालन गर्ने, किशोरकिशोरीका लागि प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नाका साथै खोप, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य, पोषण जस्ता जनस्वास्थ्यसँग सम्बन्धित आधारभूत सेवा सुविधालाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वंयसेविकालाई परिचालन गर्न थप प्रोत्साहन गरिनेछ । 

उनले गाउँपालिकामा रहेको साविकको दारेचोक स्वास्थ्य चौकीमा आवश्यक व्यवस्थापनसहित तत्काल १५ शय्याको इच्छाकामना अस्पताल सञ्चालन गरिने जानकारी दिए । उनले गाउँपालिकामै  सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याउन लागिएको बताए । यहाँ अस्पताल नहुँदा भरतपुर नै पुग्नुपर्ने अवस्था रहेको छ । 

साथै कुरिनटारमा निर्माण सुरु गरी अलपत्र भएको १५ शय्याको इच्छाकामना अस्पतालको अधुरो काम सुचारु गर्न जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइ अस्पताल निर्माण कार्यलाई तीव्रता दिइनेछ । राजमार्ग क्षेत्रमा हुने सडक दुर्घटनाका घाइते तथा आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नका लागि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको ट्रमा सेन्टर तथा निजी स्वास्थ्य संस्थासँगसमेत सहकार्यका लागि समन्वय गरिने उपाध्यक्ष सिलवालले जानकारी दिए । 

उनका अनुसार गाउँपालिकाका अति विपन्न गरिब परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गरिने छ, भने सबै वडामा घरदैलो ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने छ । 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  २ : ०३ बजे

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने प्रचार सामग्री तीन दिनभित्र हटाउन निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा

ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी मुद्दामा फरार युनिटी लाइफ

प्रधानमन्त्री कप क्रिकेट : बागमती प्रदेश विजयी

पर्सा – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी