मन्त्री श्रेष्ठको पहिलो निर्णय : हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग निर्माण « Khabarhub

मन्त्री श्रेष्ठको पहिलो निर्णय : हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग निर्माण


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले कोरोनाले पर्यटन क्षेत्रमा परेको प्रभावका विषयमा भएका अध्ययन प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने बताएका छन्।

सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले कोरोनाले पर्यटन क्षेत्रमा परेको प्रभावबारे विभिन्न अध्ययन गरी तयार पारिएका प्रतिवेदनहरूलाई कार्य योजनाकै ढङ्गले लैजाने भन्दै सो सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका हुन्। उनले हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग निर्माणका लागि अघि बढाउने निर्णयमा पनि हस्ताक्षर गरे ।

मन्त्री श्रेष्ठले कोरोनाले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको र त्यसको असर अर्थतन्त्रलाई पनि प्रभावित बनाएकाले मन्त्रालयले आवश्यक कार्यक्रम तर्जुमा गर्ने बताए। पर्यटन क्षेत्रलाई चलायमान बनाउने कामलाई उच्च प्राथमिकता दिने उनको भनाइ छ।

उनले सबै कर्मचारी लगायतको साथ लिँदै कार्यसम्पादनलाई अघि बढाउने धारणा राखे।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ३ : ०२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल