‘बजेट अभावले महिला मन्त्रालयले चाहेअनुसारको काम गर्न सक्दैन’ : मन्त्री रेग्मी « Khabarhub

‘बजेट अभावले महिला मन्त्रालयले चाहेअनुसारको काम गर्न सक्दैन’ : मन्त्री रेग्मी


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नो मन्त्रालयमा न्यून बजेट विनियोजन हुँदै आएकाले सोचेअनुसारका काम हनु नसकेको बताएकी छिन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत विविध शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रेग्मीले प्राप्त स्रोतसाधनको अधिकतम प्रयोग गरी मन्त्रालयले काम अघि बढाएको जानकारी दिइन् ।  महानगर, उपमहानगरको बजेटभन्दा न्यून बजेट आफ्नो मन्त्रालयमा आएको उल्लेख गर्दे उनले भनिन् , ‘यो मन्त्रालय प्रोजेक्ट हो की भूमिका के हो स्पष्ट हुनुपर्ने देखिएको छ, किनभने रु एक अर्बको बजेट पनि देख्न नसक्ने थियो, अहिले लबिङ गर्दा रु एक अर्ब ७८ करोड बजेट आएको छ ।’ उहाँले बजेटका अभावले चाहेर पनि धेरै काम गर्न नसकेको बताइन् ।

मन्त्री रेग्मीले ज्यान जोखिममा रहेका महिलाका लागि २०७५ सालदेखि हवाई उद्धार गर्दे आएको र कार्यविधिअनुसार ४८ जिल्लामा उक्त सेवा लागू भएको जानकारी दिइन् । उनले आम जनताले उक्त सेवा पाउने गरी अघि बढेको पनि बताइन् ।

राष्ट्रियसभाका सांसदहरुले हवाई उद्धारभन्दा बर्थिङ् सेन्टर नै स्थायी समाधान हुनेतर्फ मन्त्रालयको ध्यानाकर्षण गराएको सन्दर्भमा मन्त्री रेग्मीले बजेट अभावका कारण पर्याप्त बर्थिङ् सेन्टर सम्भव नभएको तर आगामी वर्षमा त्यसका लागि बजेट बढाएर मन्त्रालयबाट आवश्यक प्रयास गर्ने जानकारी दिइन् ।

मन्त्री रेग्मीले विपन्न र एकल महिलाका लागि आर्थिक तथा सामाजिक अवसर प्रदान गर्न, आर्थिक सशक्तीकरण गर्न, जीविकोपार्जन कार्यक्रम सञ्चालन गरिएको बताइन् । उद्यमी बन्न इच्छुक महिलाका लागि आवश्यक सहयोग गर्दे आएको जानकारी र महिला पहिला कार्यक्रमले राज्यको हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता बनाउने विश्वास लिइएको मन्त्री रेग्मीको भनाइ छ । बेलुका अबेरसम्म काम गर्ने महिलाका लागि घरसम्म सुरक्षितरुपमा पुग्ने वातावरण सिर्जना गर्नका लागि नेपाल प्रहरीसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिने उनले बताइन् । 

मन्त्री रेग्मीले सडक बालबालिका तथा जोखिमपूर्ण बालबालिकाको उद्धार तथा स्वास्थ्य उपचारका लागि बजेट विनियोजन गरिएको बताइन् ।  लागूऔषध दुर्व्यसन, साइबर अपराध, बालविवाहलगायत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने योजना रहेको पनि उनले सुनाइन् । उनले सबै पालिकामा बालउद्यान निर्माणका लागि आवश्यक प्रक्रिया सुरु भएको तथा काठमाडौँको गोठाटारमा वृद्धाश्रम निर्माण कार्यका लागि खरिद प्रक्रिया चलिरहेको र तीन वर्षभित्रमा आश्रम तयार पारिने बताइन् ।

 उक्त आश्रम बनेपछि पशुपतिमा रहेका ज्येष्ठ नागरिकलाई स्थानान्तरण गरिने योजना रहेको मन्त्री रेग्मीले जानकारी दिइन् । उनले स्थानीयस्तरमा ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनको कार्य पनि अघि बढाइएको छ । 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  २ : ५७ बजे

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क

उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार : १० लाख धरौटी बुझाएर रिहा भए नवलकिशोर

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेका पूर्वनिमित्त महाप्रवन्धक नवलकिशोर साहलाई

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

काठमाडाैं – वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको