शाकिरालाई प्रेम प्रस्ताव गर्ने विरुद्ध प्रहरीमा उजुरी « Khabarhub

शाकिरालाई प्रेम प्रस्ताव गर्ने विरुद्ध प्रहरीमा उजुरी


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फुटबल खेलाडी जेरार्ड पिकेसँग अलग्गिएपछि कोलम्बियाली गायिका शाकिरा केही तनावमा छिन् । पिकेसँग अलग्गिएको खबर सार्वजनिक भएसँगै उनको पिछा गर्ने र विवाहका लागि पत्रसमेत आउन थालेपछि तनाव थपिएको छ । ‘वाका वाका’ गायिकाको बार्सिलोनास्थित घरमा उनलाई एक फ्यानले आफूसँग विवाहको प्रस्तावसहितको पत्र आएपछि शाकिराका परिवार तथा उनका भाइ टोनिनो मेबारकसँग प्रहरीकहाँ पुगेर पत्रका विषयमा जानकारी गराएका छन् ।

यसै महिनाको सुरुमा उनको घर अगाडिको फुटपाथमा  ‘तिमीलाई प्रेम गर्छु’ भन्दै ‘अज्ञात’ व्यक्तिले लेखेको भेटिएको थियो । उनले आफूले शाकिरासँग तुरुन्तै विवाह गर्ने चाहना राखेको समेत लेखिएको थियो । ‘म तिमीसँग प्रेम गर्छु, सुन्दर महिला । म तिमीलाई लिन आउँदैछु, मेरो मायालु । म अहिले नै तिमीसँग विवाह गर्न तयार छु’, लेखिएको थियो ।

शाकिरा निकट स्रोतका अनुसार त्यो लेख्ने व्यक्ति एक रुसी नागरिक हुन् । जो शाकिराको पिकेसँग अलग भएको घोषणापछि ऊ शाकिराको घर वरपर पिछा गरिरहेको छ । यो घटना केही दिन पछि आयो, जब स्पेनिस फुटबलर पिकेले शाकिराका सन्तान मिलान र साशालाई बिदा मनाउन लैजानका लागि अस्वीकार गरेका थिए ।

११ वर्षसम्म सँगै बसेर दुवै जना अलग्गिएका छन् । शाकिरले पिकेले अर्की युवतीसँग सम्बन्ध बनाएर आफूलाई धोका दिएको आरोप लगाएकी थिइन् । शाकिराले आफ्नो पूर्वप्रेमीले पुनः विवाहको प्रस्ताव गरेको हुनसक्ने आशंका व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ३ : २५ बजे

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

काठमाडौं- त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ

प्यालेस्टिनी समकक्षी बैङ्कसँग सेवा सम्बन्ध छुटाउने तयारीमा इजरायली बैङ्कहरू

जेरुसलेम- इजरायली बैङ्कहरूले आफ्ना समकक्षी प्यालेस्टिनी बैङ्कहरूलाई सूचित गर्दै उनीहरूले

संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा उम्मेदवारबीच बहस हुँदै

एजेन्सी– संयुक्त राष्ट्रसङ्घको आगामी महासचिव चयन प्रक्रियाको औपचारिक सुरुआत हुन

मिटर ब्याजसम्बन्धी उजुरी मेलपिमलापबाट फछर्यौट

जनकपुरधाम– अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेका उजुरीमध्ये हालसम्म एक

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको