शाकिरालाई प्रेम प्रस्ताव गर्ने विरुद्ध प्रहरीमा उजुरी | Khabarhub Khabarhub

शाकिरालाई प्रेम प्रस्ताव गर्ने विरुद्ध प्रहरीमा उजुरी


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फुटबल खेलाडी जेरार्ड पिकेसँग अलग्गिएपछि कोलम्बियाली गायिका शाकिरा केही तनावमा छिन् । पिकेसँग अलग्गिएको खबर सार्वजनिक भएसँगै उनको पिछा गर्ने र विवाहका लागि पत्रसमेत आउन थालेपछि तनाव थपिएको छ । ‘वाका वाका’ गायिकाको बार्सिलोनास्थित घरमा उनलाई एक फ्यानले आफूसँग विवाहको प्रस्तावसहितको पत्र आएपछि शाकिराका परिवार तथा उनका भाइ टोनिनो मेबारकसँग प्रहरीकहाँ पुगेर पत्रका विषयमा जानकारी गराएका छन् ।

यसै महिनाको सुरुमा उनको घर अगाडिको फुटपाथमा  ‘तिमीलाई प्रेम गर्छु’ भन्दै ‘अज्ञात’ व्यक्तिले लेखेको भेटिएको थियो । उनले आफूले शाकिरासँग तुरुन्तै विवाह गर्ने चाहना राखेको समेत लेखिएको थियो । ‘म तिमीसँग प्रेम गर्छु, सुन्दर महिला । म तिमीलाई लिन आउँदैछु, मेरो मायालु । म अहिले नै तिमीसँग विवाह गर्न तयार छु’, लेखिएको थियो ।

शाकिरा निकट स्रोतका अनुसार त्यो लेख्ने व्यक्ति एक रुसी नागरिक हुन् । जो शाकिराको पिकेसँग अलग भएको घोषणापछि ऊ शाकिराको घर वरपर पिछा गरिरहेको छ । यो घटना केही दिन पछि आयो, जब स्पेनिस फुटबलर पिकेले शाकिराका सन्तान मिलान र साशालाई बिदा मनाउन लैजानका लागि अस्वीकार गरेका थिए ।

११ वर्षसम्म सँगै बसेर दुवै जना अलग्गिएका छन् । शाकिरले पिकेले अर्की युवतीसँग सम्बन्ध बनाएर आफूलाई धोका दिएको आरोप लगाएकी थिइन् । शाकिराले आफ्नो पूर्वप्रेमीले पुनः विवाहको प्रस्ताव गरेको हुनसक्ने आशंका व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ३ : २५ बजे

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा