डोटीमा विकास निर्माणले गति लिँदैछ : मुख्यमन्त्री भट्ट « Khabarhub

डोटीमा विकास निर्माणले गति लिँदैछ : मुख्यमन्त्री भट्ट


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पछिल्लो समय डोटीमा सडक विकास तथा विस्तारले गतिलिन थालेको बताएका छन् । सिलगढी बग्लेक, झिग्राना सडक कालोपत्रको काम सम्पन्न भएपछि निरीक्षण तथा अनुगमनका लागि डोटी पुगेका  मुख्यमन्त्री भट्टले डोटीमा सडक विस्तारदेखि अन्य विकासले तीव्रता पाएको बताएका हुन् ।

उनले भने, ‘डोटीमा पछिल्लो समय विकासका कामले तीव्रता पाएको छ, हाम्रो डोटी राम्रो डोटी भन्ने सपना सकार हुँदैछ ।’ अनुगमन तथा निरीक्षणकै क्रममा मुख्यमन्त्री भट्टले जिल्लामा भइरहेका सडक कालोपत्रदेखि अन्य विकास निर्माणका काम गुणस्तरयोग्य हुनुपर्ने बताए  । 

तोकिएका समयमा निर्माणकार्य सक्ने निर्माण व्यवसायीलाई पुरस्कृत गर्ने प्रदेश सरकारको योजना रहेको जानकारी गराउँदै मुख्यमन्त्री भट्टले भने,’आफूले लिएको काम कमसल खालको बनाउने र तोकिएका समयमा सम्पन्न नगर्नेलाई कारवाही गछौँ, राम्रो काम गर्नेलाई पुरस्कृत गर्छौँ ।’

 सुदूरपश्चिम प्रदेश सरकारको रु ३८ करोड लागतमा निर्माण भएको १५.६ किमी उक्त सडक निर्माण कालोपत्र सम्पन्न भएको छ ।  यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने उक्त सडक कालोपत्र भएसँगै आर्थिक समृद्धिको बाटो खुलेको र यसले यहाँका पहाडी जिल्लाकै अर्थतन्त्रमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

सडक कालोपत्र सम्पन्न भएसँगै यहाँको पूर्वीचौकी गाउँपालिकाका बग्लेक, झिग्राना, भार्तोली, वाडी, कुडासैनसायल गाउँपालिकाका भल्मा, सपरा, बेटाराका नागरिकलाई सदरमुकाम सिलगढी आवतजावतमा सहज हुनाका साथै उनीहरुले उत्पादन गरेका वस्तुले बजार पाउने भएको स्थानीयवासी धनबहादुर विष्टले बताएका छन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ४ : ०१ बजे

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क

उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार : १० लाख धरौटी बुझाएर रिहा भए नवलकिशोर

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेका पूर्वनिमित्त महाप्रवन्धक नवलकिशोर साहलाई

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

काठमाडाैं – वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा