दशगजामा तारबार लगाएको भन्दै राष्ट्रिय एकता अभियानद्वारा चीनविरुद्ध प्रदर्शन « Khabarhub

दशगजामा तारबार लगाएको भन्दै राष्ट्रिय एकता अभियानद्वारा चीनविरुद्ध प्रदर्शन


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले गोरखाको चुमनुब्री गाउँपालिका १ रुइला नाकामा एकतर्फी रुपमा तारबार लगाएको भन्दै राष्ट्रिय एकता अभियानले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । उत्तरी छिमेकी चीनले गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा एकतर्फी तारबार लगाएको विरोधमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको हो ।

माइतिघरबाट सुरु भएको विरोध र्‍याली चीन विरोधी नारा लगाउँदै नयाँ बानेश्वर पुगेको थियो । विरोध र्‍यालीमा ‘गो ब्याक चाइना’, ‘चिनियाँ विस्तारवाद बन्द गर’, ‘मिचिएको भूमि फिर्ता गर’, ‘चिनियाँ हस्तक्षेप बन्द गर’, ‘अघोषित नकाबन्दी खुल्ला गर’ लगायतका नारा लगाइएको थियो।

बानेश्वरमा आयोजित कोणसभालाई अभियानका राष्ट्रीय अध्यक्ष विनय यादवले सम्बोधन गरे । उनले चीनले दशगजामै तारबार र भौतिक संरचना बनाउँदा समेत नेपाली प्रशासन मुकदर्शक भएर बसेको भन्दै आक्रोश व्यक्त गरे ।

तर, गोरखाका सिडिओ शंकरहरि आचार्यले भने त्यस विषयमा आफुलाई जानकारी नै नभएको बताएका छन् ।

सीमासम्बन्धी अन्तर्राष्ट्रिय मान्यताअनुसार दशगजा क्षेत्रमा कुनै पनि संरचान बनाउन वा तारबार लगाउन पाइदैन । त्यसका लागि दुईपक्षीय सहमति आवश्यक पर्छ। तर, रुईला नाकामा चीनले दशगजा क्षेत्रभित्र तारबार लगाएको स्थानीयको दाबी छ ।

दशगजामा तारबार लगाएपछि नेपाल–चीन आवतजावत बन्द भएको छ । अत्यावश्यक दैनिक उपभोग्य सामग्री ल्याउन पनि समस्या परेको स्थानीयको गुनासो छ। त्यहाँ चीनले सीसी क्यामेरा राखेर निगरानी समेत गर्ने गरेको बताइएको छ ।

यसअघि चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित ङुइला नाकामा पनि चीनले तारबार लगाएको थियो । तर, पछि त्यसलाई हटाइएको जनाइएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ४ : १५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब