कृषकलाई मल र बीउ उपलब्ध गराउन माग गर्दै राप्रपाको धर्ना  « Khabarhub

कृषकलाई मल र बीउ उपलब्ध गराउन माग गर्दै राप्रपाको धर्ना 


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ-  कृषकलाई मल र बीउ उपलब्ध गराउन माग गर्दै राप्रपा खोटाङले कृषि ज्ञान केन्द्रमा धर्ना दिएको छ । अभावका कारण मर्कामा परेका किसानलाई तत्काल सर्वसुलभ तरिकाले मल र बीउ उपलब्ध गराउन माग गर्दै राप्रपाले सोमबार दिउँसो १ बजेदेखि २ बजेसम्म ज्ञान केन्द्रमा धर्ना दिएको हो ।

देशव्यापी जनसंघर्ष, ज्ञापनपत्र तथा धर्ना कार्यक्रम अन्तर्गत राप्रपाले कालो ब्यानर बोकेर झण्डै एक घण्टा भित्रबाहिर गर्नै नमिल्नेगरी कृषि ज्ञान केन्द्रको गेटमा बसेर धर्ना दिएका थिए । एकातिर कृषि सामग्रीको अभाव तथा अर्कोतिर चर्को मूल्य वृद्धि हुँदा किसानको खेतीपातीको काम नै अड्किएकाले विरोधमा उत्रनु परेको राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईले बताए । महँगी र भ्रष्टाचारविरुद्धमा नारा लगाउदै कृषि ज्ञान केन्द्र पुगेका राप्रपाको नेता तथा कार्यकर्ताले नारा जुलुससहित नै त्रिवेणीचोक पुगेर कोणसभा गरेका छन् । 

राप्रपाले महङ्गी, कालोबजारी तथा भ्रष्टाचार नियन्त्रण गर्न, शिक्षा र स्वास्थ्य निःशुल्क गर्न, प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्नेदेखि संघीयता प्रादेशिक तह खारेजीसम्मको नारा लेखिएको ब्यानरसहित जुलुस निकालेका थिए । राप्रपाले कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमित नेपाली भूमि फिर्ता गर्न, महिला, बालबालिका तथा दलित हिंसा र विभेद अन्त्य गर्न, स्थानीय तहमा लगाइएको दोहोरो कर खारेज गर्न, देवनागरी लिपिमा नम्बर प्लेट राख्ने व्यवस्था गर्न, इम्बोस्ड नम्बर प्लेट खारेज गर्न, पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र घोषणा गर्न सरकार समक्ष माग गरेका छन् । 

पार्टीका तर्फबाट सरकारसमक्ष पेश गरेका १९ बुँदे माग पूरा गर्नुपर्ने राप्रपा अध्यक्ष राईले बताए । त्रिवेणीचोक भएको कोणसभालाई अध्यक्ष राई र नगर कमिटी अध्यक्ष चन्द्रकुमारी राई ताराले सम्बोधन गरेका थिए । 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ५ : ३३ बजे

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क

उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार : १० लाख धरौटी बुझाएर रिहा भए नवलकिशोर

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेका पूर्वनिमित्त महाप्रवन्धक नवलकिशोर साहलाई

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

काठमाडाैं – वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा