नेपाल कुनै पनि गठबन्धनमा प्रवेश नगर्ने परराष्ट्रमन्त्री खड्काको भनाइ « Khabarhub

नेपाल कुनै पनि गठबन्धनमा प्रवेश नगर्ने परराष्ट्रमन्त्री खड्काको भनाइ


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री नारायण खड्काले नेपाल कुनै पनि रणनीतिक वा सामरिक गठबन्धनमा प्रवेश नगर्ने स्पष्ट पारेका छन् ।

राष्ट्रिय सभाको बैठकमा सोमबार परराष्ट्रमन्त्री खड्काले राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीति विपरीत हुने गरी कुनै पनि गठबन्धनमा नेपाललाई प्रवेश नगराइने बताएका हुन् ।

सरकारको परराष्ट्र नीतिका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढेको टिप्पणी गर्दै परराष्ट्रमन्त्री खड्काले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति थप प्रभावकारी भएको बताए ।

नेपालको राष्ट्रिय हित र नेपालले अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीतिविपरीत हुनेगरि कुनै सामरिक वा रणनीतिक गठबन्धनमा नेपाल प्रवेश नगर्ने बताउँदै उनले अहिले छिमेकी मित्रराष्ट्र, दक्षिण एसियाली मुलुक, प्रमुख शक्तिराष्ट्र, विकास साझेदारलगायत सबै राष्ट्रहरूसँगको सम्बन्ध अझ मैत्रीपूर्ण एवं सहयोगात्मक बनेको समेत बताए ।

अन्तर्राष्ट्रिय सीमाको नियमित रूपमा निरीक्षण गर्नेगरी सरकारले कार्यक्रम तय गरेको भन्दै मन्त्री खड्काले लिम्पियाधुरा, लिपुलेक र कालापानीजस्ता नेपाल, भारत सीमा समस्या समाधानका लागि सरकारले कूटनीतिक स्तरमा वार्ताको प्रयास गरिरहेको जानकारी दिए ।

नेपालले अवलम्बन गर्दै आएको स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलाई ध्यानमा राखेर राजनीतिक तथा कूटनीतिक भेटघाट तथा भ्रमणको आयोजना गरिने बताउँदै उनले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, स्वाधीनता, सीमानाको सुरक्षा, सीमा व्यवस्थापन जस्ता विषयहरूमा सरकार गम्भीर रहेको संसद् समक्ष जानकारी गराए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ५ : ५४ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज