प्रदेश नं १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न माग | Khabarhub Khabarhub

प्रदेश नं १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न माग


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश नं १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न सरोकारवालाहरुले माग गरेका छन् । आज झापाको बिर्तामोडमा चिया उत्पादक, चिया किसान, ट्रेड युनियन तथा चिया श्रमिक र चिया विकास बोर्डका प्रतिनिधि सम्मिलित संवाद समूहले आयोजना गरेको कार्यक्रममा चिया क्षेत्रका विषयगत समस्याबारे छलफल गर्दै समस्याको दिगो समाधान गर्न सबै पक्ष मिलेर सामूहिकरूपमा अघि बढ्ने प्रतिबद्धता जनाइएको छ ।

विदेशी मुद्रासमेत आर्जन गर्ने प्रदेश १ कै मुख्य नगदे बालीका रूपमा रहेको चिया क्षेत्रका समस्याहरुप्रति सबै सरोकारवाला गम्भीर भएको जनाएका छन् । नेपाल ट्रेड युनियन महासङ्घ प्रदेश १ का उपाध्यक्ष सन्तकुमार राईले प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले वार्षिक रु चार अर्बभन्दा बढीको नेपाली चिया विश्व बजारमा निर्यात हुँदै आए पनि सरकारको प्राथमिकतामा चिया क्षेत्र पर्न नसकेको गुनासो गरे ।

नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेशकुमार मित्तलले विदेशी मुद्रा भित्र्याउने चिया क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले विशेष सुविधा दिनुपर्नेमा यसअघि दिइएका अनुदान पनि कटौती हुदै जानु दुःखद भएको बताए ।

ट्रेड युनियन तथा चिया मजदुर नेताहरुले चिया क्षेत्रमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागू नहुँदा श्रमिकको अवस्था दयनीय भएको उनको भनाइ छ । चिया क्षेत्र बचाउन चिया उद्योगी र किसानलाई सहयोग गर्न आफूहरु तयार रहेको प्रतिबद्धता जनाउँदै ट्रेड युनियन तथा चिया मजदुर नेताहरुले उद्योगीका प्रतिनिधिसमक्ष श्रमिकले पेटभर खाएर काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

चिया तथा कफी विकास बोर्ड मातहतका बगानमा आगामी आर्थिक वर्षदेखि श्रम ऐन र सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय झापाका निमित्त प्रमुख सुमन त्रिखत्रीले बोर्डका तर्फबाट प्रतिबद्धता जनाएका छन् । उनले बोर्डअन्तर्गत सातवटा बगान सञ्चालनमा रहेको जानकारी दिए ।

चिया क्षेत्रको समग्र समस्याको दिगो समाधानका लागि मन्त्रीसहितको सहभागितामा बृहत् छलफल गर्ने र उक्त कार्यका लागि चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडले आवश्यक समन्वय र सहजीकरण गर्ने सरोकारवालाबीच सहमति भएको छ ।

छलफलमा नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष मित्तल, कोषाध्यक्ष विनयराज पोखरेल, साना किसान चिया उत्पादक सहकारीका हर्कबहादुर तामाङ, अखिल नेपाल ट्रेड युनियन महासङ्घ प्रदेश १ का इञ्चार्ज भुपाल सापकोटा, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङ, अखिल नेपाल चिया मजदुर सङ्घका अध्यक्ष सीता सापकोटालगायतले आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ८ : ४२ बजे

गण्डकी प्रदेश सरकारविरुद्धको रिटको पेशी आज

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध  सर्वोच्च अदालतमा परेको रिटको पेशी बिहीबारलाई

रोमाञ्चक मोडमा आईपिएलः यस्तो बन्दैछ समीकरण

यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल) रोमाञ्चक मोडमा पुगेको छ।

पारस खड्का भन्छन् – ‘मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउँछु’

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक

नारायणगढ-मुग्लिन सडकमा निर्माणाधीन पुलको काम तीव्र

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी, व्यवस्थापनमा समस्या

दमौली– जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा