प्रदेश नं १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न माग « Khabarhub

प्रदेश नं १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न माग


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश नं १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न सरोकारवालाहरुले माग गरेका छन् । आज झापाको बिर्तामोडमा चिया उत्पादक, चिया किसान, ट्रेड युनियन तथा चिया श्रमिक र चिया विकास बोर्डका प्रतिनिधि सम्मिलित संवाद समूहले आयोजना गरेको कार्यक्रममा चिया क्षेत्रका विषयगत समस्याबारे छलफल गर्दै समस्याको दिगो समाधान गर्न सबै पक्ष मिलेर सामूहिकरूपमा अघि बढ्ने प्रतिबद्धता जनाइएको छ ।

विदेशी मुद्रासमेत आर्जन गर्ने प्रदेश १ कै मुख्य नगदे बालीका रूपमा रहेको चिया क्षेत्रका समस्याहरुप्रति सबै सरोकारवाला गम्भीर भएको जनाएका छन् । नेपाल ट्रेड युनियन महासङ्घ प्रदेश १ का उपाध्यक्ष सन्तकुमार राईले प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले वार्षिक रु चार अर्बभन्दा बढीको नेपाली चिया विश्व बजारमा निर्यात हुँदै आए पनि सरकारको प्राथमिकतामा चिया क्षेत्र पर्न नसकेको गुनासो गरे ।

नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेशकुमार मित्तलले विदेशी मुद्रा भित्र्याउने चिया क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले विशेष सुविधा दिनुपर्नेमा यसअघि दिइएका अनुदान पनि कटौती हुदै जानु दुःखद भएको बताए ।

ट्रेड युनियन तथा चिया मजदुर नेताहरुले चिया क्षेत्रमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागू नहुँदा श्रमिकको अवस्था दयनीय भएको उनको भनाइ छ । चिया क्षेत्र बचाउन चिया उद्योगी र किसानलाई सहयोग गर्न आफूहरु तयार रहेको प्रतिबद्धता जनाउँदै ट्रेड युनियन तथा चिया मजदुर नेताहरुले उद्योगीका प्रतिनिधिसमक्ष श्रमिकले पेटभर खाएर काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

चिया तथा कफी विकास बोर्ड मातहतका बगानमा आगामी आर्थिक वर्षदेखि श्रम ऐन र सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय झापाका निमित्त प्रमुख सुमन त्रिखत्रीले बोर्डका तर्फबाट प्रतिबद्धता जनाएका छन् । उनले बोर्डअन्तर्गत सातवटा बगान सञ्चालनमा रहेको जानकारी दिए ।

चिया क्षेत्रको समग्र समस्याको दिगो समाधानका लागि मन्त्रीसहितको सहभागितामा बृहत् छलफल गर्ने र उक्त कार्यका लागि चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडले आवश्यक समन्वय र सहजीकरण गर्ने सरोकारवालाबीच सहमति भएको छ ।

छलफलमा नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष मित्तल, कोषाध्यक्ष विनयराज पोखरेल, साना किसान चिया उत्पादक सहकारीका हर्कबहादुर तामाङ, अखिल नेपाल ट्रेड युनियन महासङ्घ प्रदेश १ का इञ्चार्ज भुपाल सापकोटा, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङ, अखिल नेपाल चिया मजदुर सङ्घका अध्यक्ष सीता सापकोटालगायतले आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ८ : ४२ बजे

नेपालको प्राथमिक पुँजी बजारमा सुधारको खाका, धितोपत्र बोर्डद्वारा ‘भिजन २०३५’ सहितको श्वेतपत्र सार्वजनिक

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री

पटनामा सडक दुर्घटनापछि हिंसात्मक प्रदर्शन : १० वटा गाडीमा आगजनी, प्रहरी चौकी पनि जलाइयो

काठमाडौं- भारतको बिहार राज्यको राजधानी पटनामा सडक दुर्घटनामा एक युवकको

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड : हजुरबाको पेस्तोलबाट ९ कक्षाका विद्यार्थीले लिए शिक्षकसहित ६ जनाको ज्यान

काठमाडौं- थाइल्यान्डको राजधानी बैंकक नजिकैको एक उच्च माध्यमिक विद्यालयमा शुक्रबार

प्रतिनिधिसभा बैठक : ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा सेन्टर

‘सर्वोच्चको आदेशलाई सम्मान गर्छौं, विशेष महाधिवेशनको औचित्य फेरि पुष्टि हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी