साफ यु-२० : श्रीलंकाविरुद्ध नेपाल दोस्रो जितको खोजीमा « Khabarhub

साफ यु-२० : श्रीलंकाविरुद्ध नेपाल दोस्रो जितको खोजीमा


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पहिलो खेलमा माल्दिभ्सविरुद्ध सानदार जित निकालेको नेपाल साफ यु-२० च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकाविरुद्ध मैदान उत्रँदै गर्दा लगातार दोस्रो जितको खोजीमा हुनेछ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा खेल नेपाली समयअनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० अन्तरले हराउँदै नेपालले महत्त्वपूर्ण तीन अंक जोडेको छ । पेपरमा कमजोर मानिएको श्रीलंकालाई पराजित गर्दै नेपाल लगातार ६ अंक जोड्न चाहन्छ ।

पहिलो खेलमा दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीको गोलमा प्रशिक्षक मेघराज केसीको नेपालले बल पोजिसन सहित उत्कृष्ट फिनिसिङ गरेको थियो ।

दोस्रो खेलमा समेत केसीले उहीँ प्लेइङ सेटलाई मौका दिने सम्भावना रहेको छ । केसी आयुष घलानको कप्तानीमा उहीँ सेटबाट सोही प्रदर्शन निरन्तरता दिन चाहन्छन् ।

श्रीलंका भने नेपाललाई हराउँदै पहिलो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा श्रीलंका बंगलादेशसंग १-० अन्तरले पराजित भएको थियो ।

यसअघि १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्ष मुनिको उमेर समूहमा हुन लागेको हो । यसअघि नेपालले सुरुवाती दुई संंस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो ।

प्रतियोगितामा नेपालले भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । आयोजक भारत, नेपाल, माल्दिभ्स, बंगलादेश र श्रीलंका सम्मिलित प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यु-२० टिमः
गोलकिपरः ईश्वर गुरुङ, उनेस चौधरी, जियारत शेख
रक्षकः अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा
मिडफिल्डरः आयुश घलान  ९कप्तान०,दिपेश गुरुङ, आशिष राई, सन्दिप श्रेष्ठ, जनमजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, जनग्या नकर्मी,
स्ट्राइकरः रोहित सुब्बा निरञ्जन मल्ल, रोहन खड्गी

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ७ : ५५ बजे

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज