दाङका विद्यालयमा बढे ज्वरोका बिरामी, पठनपाठनमा समस्या « Khabarhub

दाङका विद्यालयमा बढे ज्वरोका बिरामी, पठनपाठनमा समस्या


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – जिल्लामा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि बन्द गरिएका छन् । मङ्गलबारदेखि शुक्रबारसम्म घोराहीका निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

यसैगरी तुलसीपुरमा समेत भाइरल ज्वरोका बिरामी बढेका छन् । दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविमा दिनहुँ विद्यार्थी बिरामी हुन थालेका छन् । विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार दैनिक १० भन्दा बढी विद्यार्थी भाइरल ज्वरोबाट प्रभावित बन्न थालेका छन्।

‘दैनिक विद्यार्थी भाइरलको सङ्क्रमणले थला पर्ने गरेका छन्’, उनले भने । ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेजस्ता समस्या देखिन थालेको उनले बताए। तुलसीपुरस्थित ग्रेट अरनिको माविमा अध्ययनरत विद्यालयका विद्यार्थीहरूमा पनि त्यस्तै समस्या देखिन थालेको छ । स्कुलका प्रिन्सिपल विष्णुकुमार देवकोटाका अनुसार बिरामीकै कारण दैनिक चार–पाँच विद्यार्थी विद्यालयमा अनुपस्थित हुने गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका सिनियर अहेब विष्णु गिरीका अनुसार स्वास्थ्य संस्थामा आउने ५० प्रतिशत बिरामी भाइरल ज्वरोका रहेका छन् । ‘उपमहानगरपालिका भित्रका हरेक स्वास्थ्य संस्थामा ज्वरोका बिरामी भर्ना हुन थालेका छन्’, उनले भने । बिरामी बढ्न थालेपछि अहिले अभिभावकलाई विद्यार्थीलाई उपचार गराएर मात्र विद्यालय पठाउन आग्रह गरिएको उनले बताए।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ८ : ५९ बजे

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज