साउदीबाट स्वदेश फर्किए १३ नेपाली युवा, ३१ जना उद्धारको पर्खाइमा  « Khabarhub

साउदीबाट स्वदेश फर्किए १३ नेपाली युवा, ३१ जना उद्धारको पर्खाइमा 



दोहा – आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका १३ जना नेपाली युवा स्वदेश फर्किएका छन् । उनीहरू करिब ९ महिनाअघि त्यहाँ पुगेका थिए ।

काठमाडौँमा रहेको वर्क फोर्स सर्भिसेज प्रालिका साउदी ५३ जना १३ सोमबार फर्किएका हुन्। यसअघि नै केही फर्किसकेका छन् भने अझै ३१ जना उद्धारको पर्खाइमा रहेका छन् ।

सोमबार स्वदेश फर्किनेहरूमा दुर्गेश कोइरी, कुलबहादुर थापा मगर, गोपाल खत्री, निरबहादुर भिलन, छट्टु पण्डित कुम्हार, भक्तबहादुर दमाई, मोहम्मद रमजान मियां, सन्तोष सुन्नाशे, ब्रजबहादुर भोलन, लेखबहादुर लम्काहा, राकेश ओली, कमल ओली र हरी सहनी रहेका छन् ।

यसअघि रियादस्थित नेपाली दूतावासका प्रतिनिधि, पीडित नेपाली युवाहरू र त्यहाँ पुगेका वर्क फोर्स सर्भिसेज प्रालिका मेनेजर कमलेस तिवारीबीच साउदी अरेबियामा अलपत्र ५३ नेपाली युवालाई नेपाल फर्काउने सहमति गरे पनि अहिले मेनेजर तिवारीले बेवास्ता गरेका कारण आफू थप समस्यामा परेको भनेपछि खबरहबले समाचार प्रकाशित गरेको थियो।

त्रिपक्षीय छलफलमा वर्क फोर्सका मेनेजर तिवारीले १७ जनालाई दूतावासले एक्जिट भिसा प्रक्रिया पूरा गरिदिने र म्यानपावरले हवाई टिकट व्यवस्था गरी नेपाल पठाउने, काम गर्ने इच्छा भएकाहरुलाई नियम अनुसारको सुविधा हुने गरी काममा पठाउने र बाँकी काम गर्न अनिच्छुकलाई म्यानपावरले रोजगारदातासँग समन्वय तथा प्रक्रिया पुरा गरी नेपाली पठाउने सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

काठमाडौँको टोकियो ओभरसीज, वर्क फोर्स सर्भिसेज र डि प्रोटोन म्यानपावर प्रालिमार्फत साउदीमा रहेको अलमराजमा रहेको डेलिभरी टाइम कम्पनीमा पोल्टी फर्मको काममा भनेर त्यहाँ पुगेका थिए ।

म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब नपाए पनि कम्पनीमा काम गरिरहेका ७ जनालाई कम्पनीले बिनाकारण जेल हालेपछि उनीहरुले काम बन्द गरेका थिए र पछि उनीहरुलाई कम्पनीले कामबाट निकालिदिएको हो ।

जेल परेका ७ जना मध्य ६ जनालाई दूतावासले जेल मुक्त गराई यसअघि नै नेपाल पठाइसकेको छ। उनीहरूले म्यानपावर तथा विभिन्न एजेन्टहरुलाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएर करिब ७ महिनाअघि त्यहाँ पुगेका थिए ।

यसअघि पीडितहरूको समस्या समाधान गर्न भन्दै तीन वटै म्यानपावरको नेतृत्व गर्दै साउदी पुगेका वर्क फोर्स सर्भिसेज प्रालिका मेनेजर तिवारीले खबरहबसँग पीडित युवाको समस्या समाधान गरेर मात्र आफू नेपाल फर्कने बताएका थिए ।

पछिल्लो पटक पनि खबरहबसँगको कुराकानीमा खानाको पैसा दिइरहेको १७ जनाको लागि ट्राभल डकुमेन्ट २ हजार ५ सय ५० रियाल दूतावासलाई दिइसकेको बताएका थिए । बाँकी रहेकाहरु पनि एक्जिट भिसाको पर्खाइमा रहेकाले उनीहरुलाई पनि छिट्टै स्वदेश फर्काउने उनले बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ९ : ०९ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।