ट्रक पल्टिएपछि अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालन « Khabarhub

ट्रक पल्टिएपछि अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालन


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा अवरुद्ध भएको सडक सञ्चालन भएको छ । आज बिहान सडकको बीच भागमा ट्रक पल्टिएपछि अवरुद्ध भएको छिर्कने–डुम्रे सडक बिहान १० : १५ बजेबाट एकतर्फी सञ्चालनमा आएको हो ।

बालुवा बोकेर आउँदै गरेको ग १ ख ४७९२ नं को ट्रक पल्टिएपछि उक्त सडक दुईतर्फी रुपमा अवरुद्ध भएको थियो । क्रेनको सहायताले ट्रकलाई सडकको छेउमा ल्याइएपछि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

दुईतर्फी रुपमा सडक सञ्चालन हुन अझै केही समय लाग्ने देखिएको छ । सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन रोकिएका थिए । एकतर्फी सडक सञ्चालनमा आएपछि सवारीसाधन सञ्चालनको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १२ : ०८ बजे

बसर अल असदलाई मृत्युदण्डको फैसला

काठमाडौं- सिरियाको अदालतले पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला सुनाएको

कांग्रेस संस्थापन इतर समूहले भन्यो- सर्वोच्चबाट अन्तिम फैसला नआएसम्म महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोकौँ

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आयोजक समितिले

भुटानका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं- भुटानका दुई मन्त्रीले राजीनामा दिएका छन् । भुटानका गृहमन्त्री

सदनप्रति उत्तरदायी हुन तयार भएनन् प्रधानमन्त्री, सभामुखले भेटेरै बोलाउँदा पनि भने : विचार गरौँला

काठमाडौं- मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि सभामुख डोलप्रसाद अर्यालयले

ट्रम्पले इरानसँग मागे क्षतिपुर्ति

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित शान्ति सम्झौताका लागि नयाँ