ट्रक पल्टिएपछि अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालन | Khabarhub Khabarhub

ट्रक पल्टिएपछि अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालन


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा अवरुद्ध भएको सडक सञ्चालन भएको छ । आज बिहान सडकको बीच भागमा ट्रक पल्टिएपछि अवरुद्ध भएको छिर्कने–डुम्रे सडक बिहान १० : १५ बजेबाट एकतर्फी सञ्चालनमा आएको हो ।

बालुवा बोकेर आउँदै गरेको ग १ ख ४७९२ नं को ट्रक पल्टिएपछि उक्त सडक दुईतर्फी रुपमा अवरुद्ध भएको थियो । क्रेनको सहायताले ट्रकलाई सडकको छेउमा ल्याइएपछि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

दुईतर्फी रुपमा सडक सञ्चालन हुन अझै केही समय लाग्ने देखिएको छ । सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन रोकिएका थिए । एकतर्फी सडक सञ्चालनमा आएपछि सवारीसाधन सञ्चालनको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १२ : ०८ बजे

वीरगञ्ज महानगरमा रातको समयमा नाली सफाइ अभियान

वीरगञ्ज– मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा रातको समयमा पनि नाला

फोक्सो जोगाउने सूत्र : धूलो, धुवाँ र धूमपानबाट बच्नुस्

बागमती प्रदेशका चार जिल्ला फोक्सोको क्यान्सरको उच्च जोखिममा परेको एक

नेपाली शान्ति सैनिकको एक टोली स्वदेश फिर्ता

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ

पाँच वर्षसम्म गोलबजार–लगडी–गदियानी सडक अधुरै

सिरहा– दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक

आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

पाल्पा- पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै