अलग्गिए टाइगर र दिशा  « Khabarhub

अलग्गिए टाइगर र दिशा 


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडमा ‘लभ बर्ड’ जोडी भनिने अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको ६ वर्षदेखिको प्रेम सकिएको छ।

विगत एक वर्ष यता प्रेम जीवन विभिन्न उतारचढावको सामना गरेको यो जोडी केहि समय यता नै अलग भएको हिन्दुस्तान टाइम्सले लेखेको छ। सूत्रका अनुसार अब यी अलग भएका छन्। दुवैबीच के भयो त्यो स्पष्ट छैन, तर उनीहरु आफ्नो बाटो अलग गरिसकेका छन् ।

टाइगर र दिशाले आफूहरु बीच प्रेम रहेको स्वीकार नगरेता पनि सम्बन्ध हार्दिक थियो । फेस्टिभलहरुमा उनीहरु एकसाथ हुन्थे । दिशालाई टाइगरको घरमा धेरै फेस्टिभलमा देखिएको छ । दिशा विशेषत टाइगरको आमा र बहिनीसँग नजिक थिइन्।

हिन्दुस्तान टाईम्ससँग टाइगरका एक साथीले कुरा गर्दै यो विषयमा साता अगाडी मात्र जानकारी प्राप्त भएको बताएका छन्। ‘उनीहरुले आजसम्म यसबारे कसैसँग कुरा पनि गरेका छैनन्। अहिले टाइगर आफ्नो काममा फोकस छन्। दिशासँगको ब्रेकअपपछि उनी त्यति प्रभावित छैनन्’ टाइगरका साथीले भनेका छन्।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १ : ११ बजे

अदालतको आदेशसँगै एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने

काठमाडौं– सर्वोच्च अदालतको आदेशसँगै नेपाल–प्रज्ञा प्रतिष्ठानबाट आजीवन निर्वाह भत्ता लिँदै

रविका ‘सहयोद्धा’ प्रमोद भन्छन्, ‘समानुपातिकमा नपरेर चित्त दुखेको छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रमोद न्यौपानेले आफू समानुपातिक सूचीमा

नायिका स्वस्तिमा नाचेको गीत ‘मायालाई के दिउँ म बैना’ टिकटकमा भाइरल

काठमाडौं – नायिका स्वस्तिमा खड्का र नायक रवीन्द्रसिंह बानियाँ शीर्ष

ठूलो जनमत र पदको गरिमालाई न्याय गर्न सचेत भएर काम गर्छौँ : स्वर्णिम वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति  डा. स्वर्णिम वाग्लेले जनप्रतिनिधिहरू देश

सबै नेपालीलाई मेरो सरकार छ भन्ने महसुस गराउने गरी काम गर्छौँ : डीपी अर्याल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले प्रतिनिधिसभा निर्वाचनमा जिते