नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न सरकार प्रतिवद्ध: प्रधानमन्त्री    « Khabarhub

नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न सरकार प्रतिवद्ध: प्रधानमन्त्री   


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न प्रतिवद्ध रहेको बताए । 

बुधबार काठमाडौंमा राससको केन्द्रीय कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आफू सदैव पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा अडिग रहेको भन्दै नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।  लोकतान्त्रिक शासन प्रणालीमा प्रेस स्वतन्त्रता सम्भव हुने भन्दै उनले लोकतान्त्रिक प्रणालीको पक्षधरतामा मुलुकको प्रेस उभिनुपर्ने उल्लेख गरे ।  

तथ्यहीन, भ्रामक र समाजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकमा भ्रम सिर्जना गर्ने र पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार गर्ने भएकाले यसप्रति सजग रहन उनले आग्रह गरे । उनले नेपालका सञ्चारमाध्यमहरूलाई पनि समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक र परिमार्जित गर्दै लैजानुपर्ने पनि बताए । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विचार तथा अभिव्यक्ति स्वतन्त्रता प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार सदैव प्रतिबद्ध रहेको  बताए । उनले स्वच्छ र सत्यतथ्य आलोचनाले प्रजातन्त्रलाई  बलियो बनाउने विश्वास व्यक्त गरे। 

विसं २०७२ को विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त १६ करोड ८६ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  २ : २९ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग